बादल र देवकोटा हेटौँडा पुगे
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार २१:३४:०
५ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडा पुगेका छन् । भोलि ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल हेटौँडा पुगेका हुन् ।
बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि बिहीबार हेटौँडा– ४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौँडा आएका हुन् । बादल आज दिउँसो १ बजे हेटौँडा पुगेका हुन् । उनी हेटौँडा–२ स्थित एभोकाडो होटेलमा बसेका छन् ।
यसअघि अर्का उम्मेदवार डा. खिमलाल देवकोटा पनि हेटौँडा पुगिसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौँडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिह्न दिएका छ भने बादल सूर्य चिह्नबाट चुनाव लड्ने निश्चित भइसकेको छ ।
मतदान बिहीबार बिहान ९ देखि ३ बजेसम्म हुने र मतदानका लागि मतदाताले पीसीआर रिपोर्ट बुझाउनुपर्ने अनिवार्य गरिएको छ ।उम्मेदवार भए पनि चुनावमा होमिएका तीनैजनामा मताधिकार नभएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार