जसपाको ढूलमुले चरित्रः अर्ली इलेक्सनको बाटो
कुसुम सेञ्चुरी
जेठ ५, २०७८ बुधबार २३:४६:३३
५ जेठ, काठमाडौं । सत्तारुढ दल एमालेमा आएको विग्रह र जनता समाजवादी दलमा देखिएको विवादले मुलुकको सिंगो राजनीतिलाई अन्यौलमा पारिहेका बेला जसपाभित्र देखिएको आकस्मिक ‘एकता’ ले मुलुकलाई ‘अर्ली इलेक्सन’ मा धकेल्ने संकेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिने बेलामा जसपाभित्र देखिएको एकताले त्यस्तो संकेत गरेको हो । राष्टिय सहमतिको सरकार बने सरकारमा जान सकिने, अन्यथा तत्काल सरकारमा नजाने, आफ्नै नेतृत्वमा गठबन्धन सरकार बने जानसक्ने गरी जसपाले निर्णय लिएको छ । जसले गर्दा ओली सरकारलाई जसपाले विश्वासको मत नदिने संकेत गरेको हो कि भन्ने शंकाको लाभ देखिएको हो ।
प्रधानमन्त्री केपी ओलीको राजनीतिक लाइन र उनको कदमलाई लिएर पार्टीभित्रै दुईथरी मत भएको जसपाका नेताहरुले मंगलबार विहान महन्थ ठाकुर र उपेन्द्र यादबीच सहमति गरेर संयुक्त वक्तव्य दिएका थिए । तर वक्तव्य आएको दुई घण्टा पनि नवित्दै ठाकुर पक्षले राजेन्द्र महत्तोलाई संसदीय दलको नेता चयन गर्दै संसद सचिवालयमा पत्र पठाएपछि यादवले पनि साँझ त्यो पत्र आधिकारिक नभएको भन्दै अर्को पत्र पठाए । यद्यपि यो पत्रले पार्टीलाई विभाजन चाहि नगरी हालेपनि सरकारलाई विश्वासको मत दिनबाट रोक्ने संभावना रहेको छ ।
आन्तरिक विवाद समाधान गर्नकै लागि जसपाले कार्यकारिणी समितिको बैठक समेत बोलाएको छ । यसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र तटस्थ बस्ने अवस्थाको सिर्जना गरे अर्ली इलेक्सन तिरै मुलुक धकेलिने सम्भावना हुन्छ । संविधानको धारा ७६(३) अनुसार अहिले प्रधानमन्त्री बनेका ओलीले संसदमा जेठभित्रै विश्वासको मत लिईसक्नु पर्ने छ ।
तर जसपाका दुई अध्यक्षको संयुक्त धारणाका आधारमा ओलीलाई संसदमा विश्वासको मत लिन अब संख्या पुग्ने देखिदैन । तर ठाकुर पक्षले चाहेमा ओलीलाई विश्वासको मत दिने संभावना पनि उत्तिकै रहेको छ । यदि ओलीले फेरि पनि विश्वासको मत लिन नसक्ने अवस्था आए अर्ली इलेक्सनको विकल्प छैन ।
जसपाको संयुक्त विज्ञप्तिले बहुमतको समर्थन लिएर सरकारको निरन्तरता दिन खोजेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिने योजनामा धक्का पुगेपनि दोस्रो पटक आएको यादव पक्षको विज्ञप्तिले भने ओलीलाई नै सहयोग पुगेको देखिन्छ ।
तर पछिल्ला दिनमा विपक्षी गठवन्धनको रणनीति चिर्न ओलीले जसपाको महन्थ धारलाई आफनो नेतृत्वको सरकारमै ल्याउने र एमालेको नेपाल समुहलाई पनि मिलाएर विश्वासको मत लिएर सरकार चलाउने योजना बनाएका थिए । ओलीले जसपा नेता महन्थलाई बालुवाटार बोलाएर आफनो रणनीति बदलिएको भन्दै सरकारमा आउन र आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर शुरुमा तटस्थतामा राखेर चुनावमै मुलुकलाई लैजान चाहेका प्रधानमन्त्रीको पछिल्लो पटक सरकारमा आउन, विश्वासको मत दिन आएको प्रस्तावलाई ठाकुरले कुनै बचन दिएका छैनन् ।
जसपाले प्रतिपक्षमै बस्ने धारणा दुवै अध्यक्षको संयुक्त वक्तब्यमार्फत जारी गरेपछि प्रधानमन्त्री ओलीलाई अब बजेट अगावै संसदमा विश्वासको मत लिनका लागि जानुपर्ने दवाव बढेकाले उनी विश्वासको मत लिने तयारीमा समेत लागेका छन् । केही दिन अगाडी मात्रै उनले बजेट प्रतिनिधिसभा जीवित रहेकोले प्रतिनिधिसभामार्फत नै आउने बताएका थिए ।
तर जेठ १५ भित्रै संवैधानिक बाध्यता अनुसार बजेट ल्याउनै पर्ने अवस्थामा बजेट अगावै विश्वासको मत लिन जाने र फेरि नयाँ प्रक्रियाबाट प्रधानमन्त्री हुँदै संसद विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएर चुनावमा जाने भन्ने बाटोमा प्रधानमन्त्री ओली जानुपर्ने बाध्यतामा देखिएका छन् । जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नदिएर तटस्थ बस्ने हो भने उसकै स्वाभावले मुलुकलाई अर्ली इलेक्सनमा धकेल्ने स्पष्ट हुन्छ । यदि सरकारलाई जसपाको एउटा समूहले विश्वासको मत दियो भने सरकार अझै एक वर्ष सञ्चालन हुनेछ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार