कोरोना कहरबीच गर्भवतीको उपचारमा चुनौती
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बुधबार २३:५९:५८
५ जेठ,दुल्लु । सबैतिर कोरोना संक्रमणको त्रास छ, गर्भवती र उनीहरुका परिवारलाई भने कसरी सुरक्षित सुत्केरी गराउने र संक्रमण हुनबाट जोगाउने भन्ने थप चिन्ता छ ।
दैलेख जिल्ला अस्पतालमा सुत्केरी गराउन आवश्यक उपकरण र भौतिक संरचना पयाप्त भएपनि दक्ष जनशक्ति नहुँदा जटिल खालको समस्या आए के गर्ने भन्ने विषयमा अस्पताल प्रशासन नै स्पष्ट छैन । तीन महिनादेखि रोकिएको प्रशुति शल्यक्रिया आजदेखि शुरु भए पनि उपचार पर्याप्त नभएको स्थानीयवासीको भनाइ छ ।
अस्पतालका सूचना अधिकृत थिरप्रसाद रेग्मीले चिकित्सक डा निराजन पन्त सरुवा भएर गएदेखि जटिल खालका प्रशूति शल्यक्रिया गर्नु परे सुर्खेतस्थित अस्पतालमा लैजान सल्लाह दिने गरेको बताए । अहिलेसम्म करीब ५०÷६० जना यस्ता गर्भवतीलाई सुर्खेत रिफर गरिएको जनाइएको छ । उनले भने, ‘‘छ महिनादेखि नियमित गर्भवती महिलाको जाँच बाहेक जटिल खालका समस्या आए रिफर गर्नुबाहेक अर्को विकल्प छैन । अहिले त कोरोनाका कारण नर्सहरुले सामान्य र अन्य बिरामी पनि रिफर गर्ने स्थिति छ ।’’ यसले गर्दा कतिपयको सुर्खेत लैजाने क्रममा बाटोमै बच्चा हुने गरेको घटना पनि छन् ।
जिल्ला अस्पतालमा अर्को चिकित्सक नआएसम्म गर्भवतीका सामान्य उपचार र परामर्शबाहेक अन्य सेवा हुन सकेको छैन । सो अस्पतालमा चिकित्सक नभएका भने होइनन् तर प्रशूतिका सम्बन्धित विशेषज्ञ छैनन् । स्त्रीरोगसम्बन्धी चिकित्सक अत्यावश्यक रहेको भनेर सम्बन्धित निकायमा मागपत्र पेश गरे पनि दरबन्दी व्यवस्थापन हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार