संवैधानिक परिषद अध्यादेश: लिखित जवाफ माग
नेपालबहस संवाददाता
जेठ ५, २०७८ बिहिबार ३:२९:५९
५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मीरा खड्काको एकल इजलासले आज बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।आदेशमा सो विषयमा अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई यही जेठ १७ गते बोलाइएको छ ।
अधिवक्ता डा पुण्यप्रसाद खतिवडाले दोस्रो पटक जारी गरिएको संवैधानिक परिषद् ‘काम, कर्तव्य, अधिकार र कार्यविधि’ सम्बन्धी ऐन, ०६६ संशोधन गर्न बनेको अध्यादेश, २०७८ कार्यान्वयन नगराउन माग गर्दै गत वैशाख २८ गते निवेदन दायर गरेका थिए ।
संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीसहित तीन जनाले निर्णय गर्न सक्ने गरी दोस्रोपटक अध्यादेश जारी गरिएकोविरुद्ध निवेदन परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ मुख्य प्रायोजन
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार