आज देउवा र ओलीबीच भेटवार्ता हुँदै
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १४:५१:४८
६ जेठ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीबी भेटवार्ता हुने भएकाे छ । देउवा र ओलीबीच बिहीबार आज केहीबेरमा सिंहदरबारमा भेटवार्ता हुने तय भएको हाे ।
कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
भेटमा कांग्रेसकातर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, सहमहामन्त्री डा.महतलगायतका नेतासमेत सहभागी हुनेछन्।
बुधबार बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको ध्यानाकर्षण गराउने र त्यसका लागि राज्यको सबै स्रोत, साधन र शक्ति खर्च गर्नुपर्ने माग गरेको छ।
यस्तै, कांग्रेसले आइतबार, सोमबार र मंगलबार सातै प्रदेशमा कोभिड–१९ को संक्रमणको अवस्थाबारे पार्टीभित्र छलफल चलाएको थियो। सो छलफलको निष्कर्षसहित महामारी नियन्त्रणमा गर्नुपर्ने कार्यहरूबारे सरकारको ध्यानाकर्षण गराइने सहमहामन्त्री डा. महतले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार