एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १५:४२:१५
६ जेठ, म्याग्दी । म्याग्दीको बेनी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट ‘एचडियु’ र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको रु पाँच÷पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ ।
निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टिसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। “दुई वटा एचडियु शय्या भएको आइसोलेशनका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट सिधै पाइपमार्फत अक्सिजन आपूर्ति हुन्छ”, उनले भने, “एक–दुई दिनमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरु हुन्छ ।”
प्रदेश सरकारले पठाएको रु ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए। दश वटा विद्युतीय शय्या जडान गरिएको छ । गत वर्ष शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।
कोरोना सङ्क्रमितको मात्रै उपचार गर्न छुट्टै आइसोलशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुनेछ । यसअघि आकस्मिक र अन्तरङ्ग कक्षका साथै बरण्डामा शय्या राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ ।
आइसोलेशनमा बुधबार १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकहरुले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए ।
जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरङ्ग, शल्यक्रिया लगायतका सेवालाई प्रभावित हुन दिइएको छैन ।
सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करिब १०० शय्या क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना सङ्क्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार