ओलीले बाेलाए स्थायी कमिटी बैठक
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १६:१५:३२
६ जेठ, काठमाडौं । बाग्मती प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा माधव नेपाल पक्षले आधिकारिक उमेदवारलाई मत नदिएको संकेत पाएपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको आकस्मिक बैठक डाकेको छन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरी आह्वान भएको एक स्थायी कमिटी सदस्यले बेपालबहस डटकमलाई जानकारी दिएका छन् । नेपाल पक्षका माग पूरा गर्ने भन्दै कार्यदलसमेत बनाइसकेको र त्यसले काम गरिरहेको बेला पार्टी निर्णयको अवज्ञा भएकोले अब के गर्ने भन्ने सन्दर्भमा छलफल गर्न लागिएको ती सदस्यले बताए ।
ओलीले दिउँसो २ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्नु अघि स्थायी कमिटीको बैठक बोलाएका हुन्।स्रोतका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कोरोना महामारीको रोकथाम नियन्त्रण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले बताएकाे छ ।
बालुवाटरमै आजै दिउँसो नेकपा एमालेको स्थायी कमिटी बैठक ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । बैठक दिउँसो साढे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
यसका साथै, तत्कालै विश्वासको मत लिने की अध्यादेशमार्फत बजेट ल्याउने भन्ने विषयमा समेत ओलीले आज छलफल चलाउने छन। जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार