मंगलबारदेखि प्रभु बैंकले ऋणपत्र बिक्री गर्दै, ब्याज कति ?
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १९:०:५७
६ जेठ, काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।
यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
प्रभुले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ८.५५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।
प्रभु बैंकको ऋणपत्रमा जेठ १६ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २६ गतेसम्म खुला रहनेछ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार