इजरायल र गाजामा एक–दुई दिनमै युद्धविराम हुने
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार १९:४९:१०
६ जेठ, काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासका एक वरिष्ठ अधिकारीले इजरायल र गाजाको विद्रोहीबीच एक–दुई दिनमा युद्धविराम हुन सक्ने बताएका छन् । यद्यपि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्हायुले भनेका छन्, ‘इजरायली नागरिकको शान्ति र सुरक्षा सुनिश्चित नभएसम्म कारबाही चलिरहन्छ ।’
यसैबीच दुवै पक्षबीच लगाता एघार दिनदेखि आक्रमण भइरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ । प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायलमाथि रकेट प्रहार गरेका छन् ।
जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनी नागरिक रिसाएपछि यहाँ हिंसा भड्किएको थियो । दुवैले यसलाई पवित्र स्थल मान्छन् ।
हमास नेताले के भने ?
हमासको राजनीतिक शाखाका नेता मूसा अबू मार्जूकले लेबनानको अल–मयादीन टीभीसँग भने, ‘मलाई लाग्छ दुवै पक्षबीच सङ्घर्षविराम गराउने प्रयास सफल रहन्छ ।’
उनले भने, ‘एक–दुई दिनभित्र सङ्घर्षविराम हुन सक्ने मलाई आशा छ र यो आपसी सहमतिबाट हुनेछ ।’ दुवै पक्षलाई सङ्घर्षविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि हमास नेताको यो भनाइ आएको हो ।
बिहीवार दुवै पक्षबीच लगातार ११ दिनदेखि आक्रमण चलिरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ । प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायलमाथि रकेट प्रहार गरेका छन् । बुधवार पनि दुवै पक्षमा यस्तै आक्रमण भएको थियो ।
१० दिनदेखि चलिरहेको हिंसामा गाजामा अहिलेसम्म कम्तीमा दुई सय २७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गाजामा नियन्त्रण गर्ने हमासको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा झन्डै सय जना महिला र बालबालिका छन् ।
इजरायलले गाजामा ज्यान गुमाउनेमा कम्तीमा एक सय ५० विद्रोही पनि रहेको बताएको छ । हमासले आफ्ना समूहका व्यक्तिको ज्यान गएकोबारेमा कुनै आँकडा दिएको छैन । इजरायलकाअनुसार त्यहाँ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ । बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार