मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २१:९:४९
६ जेठ,परासी । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य भए ।
दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उनी बताउछन् । स्थानीय हाटबजारहरुमा आफै तरकारी बिक्री गर्दै आएका कोइरीले कोरोना भाइरसको महामारी शुरु भएपछि विगत दुई वर्षदेखि विशेषगरी मुलामा ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे ।
एक बिघा भन्दा बढी जग्गामा उनले लगाएका तरकारी बारीमा लटरम्म फलेका छन् । उनले मुला, काउली, खुर्सानी, बन्दा, धनिया, गाजर ,आलु, प्याजलगायत खेती गरेका छन् । बजार लैजान नपाएपछि कि त बारीमै नष्ट गर्नुपर्ने कि त सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यतामा पुगेको कोइरी बताउछन् । यसवर्ष तीन कठ्ठा भन्दा बढीमा लगाएको तीन क्विन्टल बढी मुला नोक्सान भएको उनले बताए ।
गत वर्ष पनि उत्पादन भएको ८० प्रतिशत मुला बारीमा नष्ट गर्नुपरेको उनले बताए । अहिले बजारमा मुला प्रति केजी रु २० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ । तरकारीखेती बाटै घर घडेरी जोड्नु भएका कोइरीले तीनजना छोराछोरीलाई उच्च शिक्षासम्म पढाउन सफल भएका छन् ।
तर, विगत दुई वर्षदेखि तरकारीमा ठूलो क्षति सहनुपरेको उनी बताउछन् । महामारीबाट बच्न निषेधाज्ञा जरुरी रहेको बताउँदै उनले कोभिड प्रभावित कृषकलाई उचित राहत ल्याउनुपर्ने माग गरे ।
बजारमा तरकारी पाउन छोडेपछि उपभोक्ता पनि कृषकको बारीमा तरकारी खोज्दै पुग्न थालेका छन् । कोरोना भाइरसको संक्रमण जोखिम र निषेधाज्ञाका कारण कृषकको खेतमा ताजा तरकारी किन्न आएको स्थानीय अर्जुन क्षेत्रीले बताए । कृषकहरूको तरकारी बिक्री नभएर खेतमै नष्ट भएको देख्दा दुःख लागेको उनले बताए ।
पन्ध्र धुरमा मुलाखेती गरेका अर्का कृषक रामनरेश राय पनि मुला बिक्री नभएर चिन्तित छन् । उनी पनि यस क्षेत्रका सफल तरकारी कृषक हुन् । एक बिघा भन्दा बढीमा उहाँले विभिन्न जातका तरकारीखेती गरेका छन् । मुलाखेतीमा भने घाटा सहनुपरेको उनी बताउन् ।
बीउ, मल र ज्याला खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा खेतमै नष्ट गर्नुप¥यो। “खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, अहिले फेरि बिक्री गर्न पाईएन”, उनले भने । कोरोना सङ्कट लम्बिरहे अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको कृषक रायको भनाइ छ ।
विगतमा तरकारी खेतीबाट मनग्य आम्दानी गरेर घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भए पनि अहिले थला पर्नुपर्ने अवस्था आएको कृषक बताउँछन् । बजारमा लैजान नपाए पछि गाउँमै बाँड्ने वा खेतमै आउने उपभोक्तालाई सस्तो मूल्यमा मुला लगायत तरकारी बिक्री गर्नुपरेको कृषकको दुखेसो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार