अब नेपालीलाई पनि चार्टर्ड उडानबाट विदेश जान दिने
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २१:१४:१६
६ जेठ, काठमाडौं । सरकारले अबदेखि नेपाली नागरिक पनि चार्टर्ड उडानबाट विदेश जान पाउने भएकाे जनाएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीलाई पनि चार्टर्ड उडानमार्फत विदेश जान अनुमति प्रदान गर्ने निर्णय गरेको हो।
पर्यटनमन्त्री भानुभक्त ढकालको सिफारिसमा नेपालीलाई पनि चार्टर्ड उडानबाट विदेश जान दिने र त्यस्ता उडानलाई अनुमति दिने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा रहेका विदेशीलाई फिर्ता लिनका लागिमात्र चार्टर्ड उडान अनुमति दिइँदै आएको थियो। अब भने सरकारले नेपालीलाई पनि विदेश लिने उडानलाई चार्टर्ड अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।
वैशाख २३ गतेदेखि भारत बाहेकका देशमा नियमित उडान बन्द भएसँगै नेपालीका लागि विदेश जान बन्द गरिएको थियो। यस्तै सरकारले चीनको ग्वाङजाउ र कतारको दोहामा हप्तामा एउटा नियमित उडान अनुमति दिने पनि निर्णय गरेको छ। तर त्यस्तो उडान यात्रु बोक्नका लागि नभई मेडिकल सामग्री आपूर्तिका लागि मात्र हुनुपर्ने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु हेलिकप्टरका पाइलट पासाङ शेर्पा निलम्बित
बैशाख ९, २०८१ आइतबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार