जब प्रधानसेनापति बालुवाटार पुगे
नेपालबहस संवाददाता
जेठ ६, २०७८ बिहिबार २१:२४:५४
६ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेकै बेला प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानमन्त्री निवास बालुवाटार छिरे । स्थायी कमिटी बैठक छाडेर प्रधानमन्त्री ओली प्रधानसेनापति थापालाई भेट्न निस्किए ।
स्थायी कमिटी बैठकमा संसद्को आसन्न अधिवेशन, बजेट र बाग्मती प्रदेश अन्तर्गत राष्ट्रियसभाका लागि भइरहेको मतदानको विषयमा छलफल चल्दै थियो । प्रधानमन्त्री ओली अब संसद बोलाएर विश्वासको मत लिनुपर्ने र जस्तो निश्कर्ष आउँछ सोही बमोजिम रणनीति बनाउनुपर्ने भन्दै आफ्ना कुरा राख्दै थिए ।
आफ्ना सबै कुरा नटुंग्याउँदै ओलीले प्रधानसेनापतिलाई भेट गरेको बालुवाटार निकट स्रोतले बताएको छ । आज साँझ ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । सम्भवतः राष्ट्रिय सुरक्षाका विषयमा लिन लागिएको निर्णयबारे राय लिन प्रधानसेनापतिलाई बोलाइएको हुनसक्ने स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार