स्याङ्जा कांग्रेसले गुमायो दुई योद्धा
नेपालबहस संवाददाता
जेठ ६, २०७८ शुक्रबार ०:२३:८
६ जेठ, स्याङजा । स्याङ्जा नेपाली कांग्रेस यतीबेला शोकमा छ । दुईदिनको फरकमा कांग्रेसका दुईजना कर्मठ र निष्ठावान नेता गुमाएको छ । दुई दिनको फरकमा नेपाली कांग्रेस महासमिति सदस्य, शिक्षासेवी एवं निर्माण ब्यवसायी गजिन्द्रप्रकाश मल्ल र लोकतान्त्रिक आन्दोलनका अगुवा योद्धा स्थानेश्वर पौडेललाई स्याङ्जा कांग्रेसले गुमाएको हो ।
दुवै जनाको निधनप्रति नेपाली कांग्रेस स्याङजाले शोक विज्ञप्ति प्रकाशित गरेको छ । कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित विज्ञप्तिमा चापाकोट नगरपालिका ५ सेखाम जन्मथलोभई हाल पुतलीबजार नगरपालिका १ का मल्ल र आधीखोला गाउपालिका ३ बिचारीचौताराका पौडेलको निधनप्रति दुख ब्यक्त गर्दै शोक बिज्ञप्ति प्रकाशित गरेको हो ।
प्रकाशित बिज्ञप्तिमा स्याङजा स्थित नेपाली कांग्रेसको पाटी कार्यालय ३ दिन बन्द गर्ने, पाटीको झण्डा १३ दिनसम्म आधा झुकाउने र कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ । दुवै नेताले देखाएको अमूल्य बाटो स्याङजा कांग्रेसका लागि अनुकरणीय रहेको र सधैंभरी सम्झन उल्लेख छ । दुवै नेता गुम्नुले स्याङ्जा काँग्रेसलाई अपुरणीय क्षेती पुगेको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वर्गिय पौडेलले २०१७ सालको राजनीतिक कु पछि नेपाली कांग्रेसमा आवद्ध भई राजनीति यात्रा शुरु गरेका थिए । गण्डकी छात्र संघको अध्यक्ष, स्याङजा पर्वत तरुण क्लवको संस्थापक अध्यक्ष हुदै नेपाली कांग्रेस स्याङजाको जिल्ला कार्यसमितिको सचिव भएर काम गरिसकेका पौडेल काँग्रेसका पुराना अभिभावक नेताका रुपमा परिचित थिए । विस २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन बिचारीचौतारा गाउ विकास समितिको पहिलो निर्वाचित अध्यक्ष भएको पौडेलका २ श्रीमती ३ छोरा र २ छोरी रहेका छन् ।
यसैगरी, मल्लले पनि २०१७ सालको राजनीतिक कु पछि कांग्रेसका बिभिन्न आन्दोलनका मोर्चामा सहभागी भएका नेता हुन् । पञ्चायती शासन बिरुद्धको सशक्त आवाज उठाउदै प्रतिवन्धित समयमा नेपाली कांग्रेसको कोषाध्यक्ष , जिल्ला विकास समितिको २ पटकसम्म सदस्य समेत भएका मल्ल पश्चिम क्षेत्रका एक निडर र असल कार्यकर्ताका रुपमा रहेका थिए । निर्माण ब्यवसायी संघका संस्थापक अध्यक्ष र हाल संघका केन्द्रीय सदस्य रहेका मल्लका श्रीमती, ३ छोरा र १ छोरी छन् ।
नेपाली कांग्रेस स्याङजाको राजनीतिमा अब्बल प्रभाव पार्न सफल मल्लका माइला छोरा भागवतप्रकाश मल्लले बाबाकोे मार्ग अनुसरण गर्दे आएका छन् । गण्डकी प्रदेश सांसद र नेपाल तरुणद स्याङ्जाका अध्यक्ष समेत रहेका छन् । २०७४ सालको निर्वाचनमा स्याङजाको प्रदेशसभा २ वाट निर्वाचित भएका भागवत प्रकाशले स्याङ्जा काँगे्रसको साख बचाएका थिए । दुबै नेताको निधनमा उनीहरु सगै काम गरेका नेताहरुले समेत दुःख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार