नेपालमा कोरोना निको हुने दर ७५.१ प्रतिशत
नेपालबहस संवाददाता
जेठ ६, २०७८ शुक्रबार १:३५:४१
६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पीसीआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । छ हजार ५४३ जना भने निको भएका छन् ।
नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा सक्रिय संक्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय संक्रमित छन् भने १२ हजार ४७३ निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८९५ सक्रिय संक्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ
तीन चिकित्सकको मृत्यु
कोरोना संक्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले संक्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिए । मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार