कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दै
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १३:१०:३१
७ जेठ, काठमाडौं । पछिल्लो राजनीतिक घटनक्रमको विश्लेषण र आवश्यक निर्णय लिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पार्टी पदाधिकारी आकस्मिक बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले आफैनै निवास बुढानिलकण्ठमा अहिले ९ बजे पदाधिकारीको बैठक आव्हान गरेका हुन ।
बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।कांग्रेस नेताहरुले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि त्यसको विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत नलिई/राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएको भन्दै संविधानअनुसार राष्ट्रपति अगाडि नबढेकोमा कांग्रेसले विरोध गरेको हो । यसै गरी कांग्रेसले पदाधिकारी बैठक पछि प्रतिपक्षीदलहरुको संयुक्त बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार