आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १४:२६:२०
७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदैछन् । केही यात्रुवाहक, केही कार्गो र दुई वटा एअर एम्बुलेन्सको उडान तथा अवतरणको तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
हिमालय एअरलाइन्सका दुई वटा जहाज चीनको कुम्निङबाट बिहानै आइपुगेका छन् भने राति दुई वटै जहाज फेरि कुम्निङ जाँदैछन् । यस्तै चीनको सिचुआन एअरको कार्गो जहाज छेन्दुबाट मेडिकल सामग्री ल्याएर आउनेछ र फर्कनेछ । हिजो मेडिकल सामग्री ल्याएर स्पेनबाट आएको आइबेरिया एअरको जहाज आज यात्रु लिएर स्पेनको मड्रिड जाँदैछ ।
यस्तै हप्तामा दुई दिन उडान हुने तालिका अन्तर्गत एअर इन्डियाको जहाज काठमाण्डौ आएर यात्रु लिएर फर्कनेछ । यस्तै भियतनामबाट दिउँसो दुई बजे एउटा एअर एम्बुलेन्स आउँदैछ भने इण्डोनेसियाबाट पनि सवा चार बजे अर्को एअर एम्बुलेन्स आइपुग्ने तालिका रहेको छ ।
यस्तै बुद्ध एअरले किनेको नयाँ जहाज पनि आज भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार