अति भो ओलीको विकल्प खोजौं
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १७:९:२९
सम्पादकीय
संविधानलाई काजगको खोस्टो बनाएर राष्ट्रपति र प्रधानमन्त्री अगाडि बढ्न थालेपछि देशको राजनीतिक परिदृश्य बडाे तरल बनेको छ । संविधानको धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री बनेका केपी ओलीले धारा ७६(४) प्रवेश नै नगरी जम्प गरेपछि देशको राजनीतिक वातावरण अस्तव्यस्त बनेको हाे ।
हिजो प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अन्तर्गत सरकार बनाउन केवल २१ घण्टे समयसीमा जारी गरिन् । संविधानले यस्तो कल्पना नै नगरेको भन्दै संविधानका ज्ञाताहरुले चर्काे विरोध गरेका छन् । तर ओली र भण्डारीले लोकलाजको कुनै ख्याल गरेको देखिंदैन् ।
ओलीले राजीनामा समेत नगरी नयाँ सरकार गठन गर्न प्रकृया अघि बढाएको आफैंमा गैरसंवैधानिक र अनैतिक रहेको धेरैको ठम्याई छ । आफू पदमा रहेकै बेला अर्काे प्रधानमन्त्री नियुक्त गर्न प्रकृया अगाडि बढाउनु अनौठो मात्र नभएर अनैतिक काम हो । ओलीले पद नत्यागेसम्म अर्काे प्रधानमन्त्री कसरी बन्न सक्छ ?
कानूनको सामान्य ज्ञान भएकाले समेत यस्तो गैरसंवैधानिक काम गर्न सक्दैन । तर प्रमुख कार्यकारीले गरेको भयानक गल्ती सच्याउने भूमिकामा रहेको संस्था राष्ट्रपति नै ओलीको कार्यकर्ता भएपछि यस्तो अस्वभाविक अवस्था आउनु स्वभाविक नै हो । वैकल्पिक सरकार बनाउन केवल २१ घण्टाको म्याद दिएर भण्डारीले संविधानकै धज्जी उडाएकी छन् । ओलीले लोकतन्त्र र भण्डारीले गणतन्त्र सिद्धयाउने आतंक मच्चिएको छ ।
यस्तो अवस्थामा अरु राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने हो । खासगरी जनता समाजवादी पार्टीका महन्थ र राजेन्द्र समूहको अराष्ट्रिय सोच र अवधारणासँग ओलीले प्रधानमन्त्री पद साटेका छन् । विवादास्पद नागरिकतासम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेर उनले भारतीय पक्षको इशारामा कुर्सी जोगाउने प्रपञ्च रचेको सबैले बुझेका छन् ।
अब राष्ट्रवादी शक्ति एकजुट हुनैपर्छ । ओलीको नक्कली राष्ट्रवादको धोती खुस्किएकाले संविधान र लाकतन्त्रको रक्षाका लागि सबै प्रतिपक्षी दलहरु एकैथलोमा आउनै पर्छ । यही प्रवृत्तिले साथ र समर्थन पायो भने ओलीकै कार्यकालमा देशले लोकतन्त्र र संविधान गुमाउने देखिएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र–बाबुराम पक्षले एकढिक्का भएर ओलीविरुद्ध संघर्षको मोर्चा खडा गर्नैपर्छ । उक्त मोर्चामा एमालेकै माधव नेपाल पक्ष सहभागी भएन भने ढिलो चाँडो ओलीले उनीहरुलाई समेत धूलीसात बनाउने निश्चित छ ।
सकेसम्म ओलीविरुद्ध वैकल्पिक सरकार बनाउन सबैको साझा मुद्धा हुनैपर्छ । आवश्यक प¥यो भने ओलीको विकल्पमा लौरो नै भएपनि खडा गर्नुपर्ने डा.बाबुराम भट्टराईको तर्कलाई सार्थक बनाउन अब ढिला नगरौं । नत्र संविधान र लोकतन्त्र सखाप हुने नै भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार