महन्थले नमाने माधव नेपाल तयार
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १८:३६:४४
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गलत र असंवैधानिक क्रियाकलापको भण्डाफोर गर्दै वैकल्पिक सरकार बनाउने उद्येश्यले विपक्षी दलका नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा जारी छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईसमेत पुगेपछि छलफल सुरु भएको हो । बैठकमा कांग्रेस पदाधिकारी बैठकले यसअघि गरेको निर्णय बमोजिम प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल हुने बुझिएको छ । यस्तै ओलीको विकल्पमा नयाँ सरकार बनाउने आधार तयार गर्ने अवस्थाबारेमा पनि छलफल हुने छ ।
ओलीले जसपाकै महन्थ ठाकुर पक्षको समर्थनमा फेरि सरकार बनाउने सम्भावना रहेको भन्दै उपेन्द्र–बाबुरामले नयाँ विकल्पमा छलफल गराउन चाहेका छन् । देउवा निवास आउनुअघि आफूहरुले महन्थलाई प्रधानमन्त्रीका लागि तयार हुन भनेको उपेन्द्रले जानकारी दिएको बुझिएको छ । तर महन्थले भने उपेन्द्रको प्रस्ताव कांग्रेस माओवादीले स्वीकार गरे मात्र आफ्नो धारणा दिने बताएको जानकारीपनि दिएका छन् ।
कदाचित महन्थले प्रधानमन्त्री बन्न अस्वीकार गरे लोकतन्त्र र संविधानको रक्षाका लागि एमाले नेता माधवकुमार नेपाललाई अगाडि बढ्नसमेत आग्रह गर्ने तयारी छ । महन्थको विकल्पमा माधवजी हुन सक्नुहुन्छ भन्दै उपेन्द्रले नै यस्तो प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार