महन्थ पक्ष फेरि पनि तटस्थ
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १९:३:४०
७ जेठ, काठमाडाैं । विपक्षी दलहरुले जतिसुकै बल गरेपनि प्रधानमन्त्री केपी ओलीविरुद्ध वैकल्पिक सरकार दिन नसक्ने भएका छन् । जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र पक्षले यस्तो वातावरण तयार गरेका छन् । अहिले सिंहदरबारमा बसेको महन्थ–राजेन्द्र पक्षका सांसद्हरुको बैठकले ओलीविरुद्ध बन्ने सरकारमा सहभागी नहुने र फेरि पनि तटस्थ बस्ने निर्णय गरेपछि यस्तो वातावरण तयार भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्न आज बेलुकी ५ बजेसम्मको समय दिएकी छन् । तर जसपाको एकल समर्थन बिना वैकल्पिक सरकार बन्ने आधार छैन । त्यसैले अब मुलुक मध्यावधि निर्वाचनतिरै धकेलिने अवस्था सिर्जना भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भर्खरै सम्पन्न पदाधिकारी बैठकले प्रधानमन्त्रीविरुद्ध अविश्वास र राष्ट्रपतिमाथि अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो । त्यसपछि देउवाकै पहलमा अहिले विपक्षी दलको गठबन्धन बैठक चलिरहेको छ । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।
बैठकमा भाग लिन जानुअघि उनले महन्थलाई नयाँ सरकार बनाउन तयार हुन भनेका थिए । तर विपक्षीहरुको बैठकको निर्णय समेत नकुरी महन्थले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको हो । अब ओलीको विकल्पमा एमाले नेता माधव नेपालले गर्ने निर्णय नै अन्तिम हुने देखिएको छ । ओलीलाई विस्थापन गर्न नेपाल स्वयं प्रधानमन्त्रीको दाबेदार हुने अवस्था वा सामूहिक राजीनामा मात्र विकल्प बाँकी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार