संविधान संशोधनका लागि कार्यदल गठन
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार १९:१८:२५
७ जेठ, काठमाडौं । सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको गृहकार्य गठन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको हो ।
शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताएका हुन् । नागरिकतासम्बन्धी अध्यादेशबारे भने सरकारका तर्फबाट केही भनाइ आएको छैन ।
तर संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको भने एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले पनि पुष्टि गरे । कार्यदलमा सरकारका तर्फबाट खरेलसहित प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल छन् भने जसपाका तर्फबाट नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । जसपाले लामो समयदेखि राज्य पुनस्संरचना, समावेशिता र नागरिकतासम्बन्धी ऐन संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार