प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न माग
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २०:१४:५९
७ जेठ,दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक बिस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि माग गरेका हुन् ।
नेपाल खेलकुद महासंघका महासचिव मेखराज पौडेलको पहल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको समन्वयमा स्थानीयवासी, खेलसँग सम्बन्धित संघसंस्था र खेलाडीको भर्चुअल बैठकबाट नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष महेन्द्र रिजालको संयोजकत्वमा विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समिति गठन गरिएको छ । समितिमा स्थानीयवासी लालकुमार श्रेष्ठ, प्रेम गुरुङ र सम्बन्धित वडाका प्रतिनिधि सदस्य रहेका छन् ।
उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै साहसिक खेलकुदका रुपमा रहेको चट्टान आरोहणलाई संरक्षण गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाइएको ज्ञापनपत्रमा सडक विस्तारका क्रममा चुनपहरा क्षेत्र प्रत्यक्ष प्रभावित हुने भएकाले यस क्षेत्रको जोखिम न्यूनीकरण तथा वैकल्पिक नीति अवलम्बन गर्न आवश्यक रहेको ठहर गरिएको छ ।
राजमार्ग विस्तार योजनाअनुरुप सडकको मापदण्डअनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५/२५ मिटर विस्तार गर्नका लागि चिन्ह लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वीराजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।
संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकता अनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाएर खोलातर्फको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारी करिब १.५ किमिको वैकल्पिक ट्रयाक खोली नयाँ पुलहुँदै निस्कने सडक बनाउने विकल्प अगाडी सारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार