बिहीबारदेखि अपि पावरको हकप्रदमा आवेदन दिन सकिने
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २०:१४:५८
७ जेठ, काठमाडौं । अपि पावर कम्पनीले जेठ २० गते बिहीबारदेखि हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
अपिले हकप्रद शेयर बिक्रीका लागि वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । अपिको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद शेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यसअघि, अपिले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद शेयर बिक्री गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट १ः०.२(३८ ९२९.३८५) अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । अब हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट
बैशाख ७, २०८१ शुक्रबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार