लायन्सद्धारा चितवनमा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २१:४३:१३
७ जेठ,चितवन । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टु एरिया नं. ३ कोभिड दोस्रो लहरसँगै यस विरुद्धको अभियानमा जुट्दै आएको छ । क्लबले रु ३५ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी विभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । हालसम्म यस अभियानका लागि रु ५२ लाख जुटिसकेको छ ।
क्लबले आज जिल्लाका तीन वटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले भरतपुर अस्पताललाई दुई थान र विपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई एक थान अक्सिजन हाइफ्लो मेसिन र बकुलहर रत्ननगर अस्पताललाई दुई थान अक्सिजन कन्सनटे«टर सहयोग गरेको छ । ती सामग्री क्लबका ईलेक्ट गभर्नर रामप्रसाद भट्टको नेतृत्वको टोलीले तीन वटै अस्पतालमा पुगेर हस्तान्तरण गरेको हो ।
भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा गभर्नर भट्टले अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारीलाई सामग्री हस्तान्तरण गरे । यसैगरी क्लबको सोही टिमले क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपनिर्देशक डा.कृष्णसागर शर्मालाई सामग्री हस्तान्तरण गरेको छ । यस्तै बकुलहरमा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य र डा।निश्चल मास्केलाई सामग्री हस्तान्तरण गरेको छ ।
गभर्नर भट्टले बेलायतबाट भरतकुमार श्रेष्ठको नेतृत्वमा रु १४ लाख ३३ हजार ७३० र अमेरिकाबाट सुप्रिया श्रेष्ठको नेतृत्वमा रु ७ लाख ४४ हजार ७३९ गरी रु २१ लाख ७८ हजार ४६६ लायन्सलाई सहयोग प्राप्त भएको जानकारी दिए । अन्य रकम क्लब र लायन्सबाट सङ्कलन गरिएको हो ।
क्लबले सिद्धार्थलाल चुकेको नेतृत्वमा कोभिड प्रोटेक्सन डिष्ट्रिक कोर्डिनेटर समिति निर्माण गरी सहयोग सङ्कलन र सामग्री खरिद गरी वितरण गर्दै आएको छ । क्लब तथा लायन्सहरुबाट कोभिड अभियान जारी छ । यस अघि रु १८ लाख बराबरका स्वास्थ्य सामग्री खरिद गरी भरतपुर, क्यान्सर र मध्यविन्दु अस्पताल कावासोतीलाई उपलब्ध गराईसकिएको छ। यस्तै इच्छाकामना गाउँपालिकालाई मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । लायन्सले कालिबाहादुर गण भरतपुरलाई एक महिनाका लागि शववाहनसमेत उपलब्ध गराईसकेको छ । उक्त शव वाहनमा शव निःशुल्क गन्तव्यमा पु–याईदै आएको छ ।
कोर्डिनेटर चुकेका अनुसार सङकलित र सङकलन भईरहेको रकमबाट अन्य अस्पताललाई आवश्यकताअनुसार सहयोग गरिने छ । कोरोनाको पहिलो लहरमा पनि यहाँका लायन्सहरुले ठूलो सहयोग पु¥याएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार