डिम्याट खाता के हो ? कसरी खोल्ने ?
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २१:५०:३८
काठमाडौं । शेयरबजारमा निष्कासन हुने धितोपत्रको खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य रहेको छ । यद्यपि, कतिपयलाई डिम्याट खाता के हो ? कसरी खोल्ने यो खाता ? जस्ता सामान्य सामान्य जानकारी पनि नहुन सक्छ ।
के हो डिम्याट खाता ?
शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ ।
यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस शेयर तथा हकप्रद शेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।
कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै (डीपी)मा जानुपर्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को काम गर्ने गर्छन् । यस्ता संस्था हाल ६० ओटा छन् ।
कम्पनी अनुसार छुट्टाछुट्टै डिम्याट खाता ?
कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट रिक्वेष्ट फारम भनुपर्छ । फारम भरेपछि कम्पनीको शेयर प्रमाणपत्रसमेत डिम्याट खाता भएको कम्पनीलाई अर्थात् डीपीलाई बुझाउनुपर्दछ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित भएपछि खातामा जम्मा हुन्छ ।
खाता खेल्नेबित्तिकै डीपीले ग्राहकलाई चेक बुकजस्तै डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो, भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यस्तो स्लिप हराएमा सीडीएस एण्ड क्लियरिङमा तुरन्त जानकारी गर्नुपर्छ ।
कुनै कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको छ, तर सेयरधनीले सो कम्पनीको शेयर डीपी खातामा जम्मा गरेको छैन भने पहिला त्यस्ता शेयरधनीले डीपी खाता खोलेको कम्पनीलाई सोको जानकारी दिनुपर्दछ । त्यसपछि हकप्रद शेयरको फारम भर्दा डिपोजिटरी पार्ट्सिपेन्ट र बेनिफिसियल ओनर आईडी नम्बर उल्लेख गरेमा शेयर सोझै लगानीकर्ताको खातामा जम्मा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार