ब्रिटिस आर्मी मण्डल थेबेसँग रोमान्टिक अवतारमा गायिका पारु राई
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २२:२४:१३
गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली तिम्रो तृष्णा बोलको गीत लिएर दर्शकर स्रोता सामु आएकी छिन् । एक दशक अघि प्यास नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् ।
पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।
करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छायाँकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ ।टिकटकमा समेत राम्रो फलोअर कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्वन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गर्छन् । सानै उमेर देखि कलाकारितामा झुकाव भएकोले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने बताए ।
नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् । प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोतसाहनले आगामाी दिनमा सांगीतिक छेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् । नेपाल पाँचथरमा जन्मिएकी पारु हाल बेलायतमा पल्टने जीवन बिताई रहेकी पारु राई करिब ९ वर्षदेखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार