वालिङद्धारा बिरामीलाई निशुल्क भोजनको ब्यवस्था
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २२:४१:४१
७ जेठ, वालिङ । वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।
“विश्वभर महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ” उनले भने, “सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ जसका कारण होटल तथा पसलहरु नखुल्दा खानाका लागि समस्या नहोस् भनेर अस्पतालकै क्यान्टिनमा निशुल्क खानाको ब्यवस्था मिलाएका छौं ।”
होटल तथा अन्य पसलहरु बन्द हुँदा खाना तथा खाजाको ब्यवस्थापनका लागि समस्या भएकाले नगरपालिकाको सहयोगमा अस्पतालकै क्यान्टिनबाट निशुल्क खाना उपलब्ध गराईएको उनले बताए ।
“नजिकै घर भएकालाई त समस्या नहोला, उनीहरुले घरबाटै पनि ल्याउन सक्नुहुन्छ” उनले भने, “तर घर टाढा भएका र यहाँ आफन्तजनहरु पनि नभएकाहरुका लागि खाजा तथा खाना ब्यवस्थापनमा समस्या हुने गरेकोले सहजताका लागि खाना उपलब्ध गराईएको हो ।”
नगरपालिकाले तयार पारेको अक्सिजनसहितको ३५ शैयाको सुविधा सम्पन्न आईसोलेसनमा उपचाररत सबै बिरामीलाई दैनिक खाना खुवाउने गरिएको अस्पतालका सूचना अधिकारी देबेन्द्रप्रसाद भट्टराईले जानकारी दिए । नगरपालिकाको सहयोगमा दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट स्वस्थकर खाजा तथा खानाको ब्यवस्थापन गरिएको सूचना अधिकारी भट्टराईले बताए ।
“अस्पतालको आईसोलेसन कक्षमा भर्ना भई बस्नुभएका कोरोना सङ्क्रमितहरुलाई बिहान ८ बजेभित्र खाजा, ११ बजेभित्र खाना, दिउसो ३ बजेभित्र खाजा र बेलुकी ८ बजेभित्र खाना उपलब्ध गराउँछौं” सूचना अधिकारी भट्टराईले भने, “अस्पतालबाटै निशुल्करुपमा खाना उपलब्ध गराउँदा बिरामी तथा आफन्तहरुलाई सहजता भएको र सबैले एउटै समयमा खाना खाएपछि सबैलाई एकै समयमा औषधि खुवाउन पनि सहज भएको छ ।”
नगरपालिकाले आईसोलेसनका लागि सहयोग गर्न ईच्छुकहरुलाई सहयोगका लागि आब्हानसहित ब्यहोराको सूचना जारी गरेसँगै आईसोलेसनलाई आवश्यक पर्ने विभिन्न दाता, संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग जुटिरहेको छ ।
दाताहरुबाट अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, नेबुलाईजर, शैयाहरु, अक्सिजन सिलिण्डर भर्नकालागि आर्थिक सहयोग, औषधि खरीद तथा उपचारका लागि प्रयोग हुने उपकरणहरुका लागि सहयोग प्राप्त भईरहेको छ । त्यस्तैगरी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरुका लागि भोजन ब्यवस्थापनका लागि पनि दाताहरुले नगरपालिकामार्फत सहयोग गर्ने क्रम बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार