सङ्घीय सांसद शाह सवार कार दुर्घटना
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २२:४९:४०
७ जेठ,नवलपुर । सङ्घीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप शाह सवार कार दुर्घटना भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन् ।
कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ जाने क्रममा बा १५ च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उहाँ गृह जिल्लाबाट काठमाडौँ जान लागेका थिए ।
दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद शाह र उनका स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ गएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार