सीईडीबी हाइड्रोपावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २३:४७:३०
७ जेठ, काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो बजारमा पहिलो कारोबारको लागि ओपन रेञ्ज कति पाउँला भन्ने प्रश्न आम सबैलाई छ । सोही कुरालाई मध्यनजर गर्दै यो रिपोर्ट तयार पारेका छौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको पछिल्लो वास्तविक प्रतिशेयर नेटवर्थ १३८ दशमलव ७९ रहेको छ । सोही कारण नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ गत आवको अन्त्यसम्म १३८ दशमलव ७९ रहेको छ । सोही आधारमा नेप्सेले पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्दछ ।
उक्त कम्पनीले गत वैशाख २७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता आईपीओ सर्वसाधारणले आवेदन दिएका हुन् । जसमा १६ लाख ३७ हजार ६५९ जनाको योग्य आवेदन परेको थियो ।
उक्त आइपीओ वैशाख ३१ गते नै बाँडफाँट भइसकेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा २ लाख ३४ हजार ११५ जनाले १० कित्ताका दरले पाएका थिए भने थप ४ जनाले थप १ १ कित्ता शेयर बढी पाएका थिए । यसबाहेक १४ लाख ३ हजार ४६४ जना आवेदकको हात भने खाली भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
महाकाल नृत्य प्रस्तुत गरिँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार