हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १७:१९:५७
८ जेठ,मकवानपुर । उद्योग संघको सक्रियतामा जिल्लाका कोभिड संक्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ ।
सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग संघका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।
हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगका उद्योगपतिको निजी लगानी रु एक करोड २८ को लागतमा अक्सिजन प्लान्ट बाहिरी देशबाट झिकाई एक महिनाभित्रै अस्पतालमा जडान गर्नेतर्फ पहल भइरहेको उद्योग संघका अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार यही जेठ ११ गते अस्पताल र उद्योग संघका बीचमा छलफल गरी बाह्य कुन मुलुकबाट अक्सिजन प्लान्ट खरीद गर्ने भन्ने विषयमा टुङ्गो लागेर खरीद गरी ल्याइने छ ।
त्यसैगरी उक्त अक्सिजन प्लान्ट हेटौँडा अस्पतालमा स्थापना गरी सबै वार्डमा पाइपमार्फत जडान गरी बिरामीलाई अक्सिजनको व्यवस्था गराउने तयारी भइरहेको पनि अध्यक्ष प्रसाईंले जानकारी दिए । वाग्मती प्रदेशका सिन्धुली, भक्तपुर, काभ्रे र धादिङ तथा नुवाकोटका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजित भई ती अस्पतालमा अहिले अक्सिजन प्लान्ट ल्याउने कार्य भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशका १३ वटै जिल्ला अस्पताललाई कोभिड संक्रमणका बिरामीको उपचार सेवालाई प्रभावकारी तुल्याउने उद्देश्यले प्रदेश सरकारले ती अस्पताललाई भेन्टिलेटर, आइसियु कक्ष, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउँदै आएको तथा नपुग जनशक्तिलाई पनि अनुगमन टोलीको सिफारिसअनुसार दरबन्दी थप गरिँदै आएको प्रवक्ता सेढाईंले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार