नयाँ दल खोल्ने तयारीमा माधव नेपाल
नेपालबहस संवाददाता
जेठ ८, २०७८ शनिबार १८:८:४७
८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग अब दुई विकल्प रहेका छन् । एमालेमै बसेर आन्तरिक संघर्षमार्फत निर्वाचनमा जाने कि नयाँ दल दर्ता गर्ने ? भन्ने दुई विकल्प मात्रै रहेका छन् । नेपाल निकट स्रोतका अनुसार अब उनी देस्रो विकल्पतर्फ अग्रसर हुँदैछन् ।
‘म कसैका सामु झुक्दिन, म आत्मसर्पण गर्दिन, म पद प्रतिष्ठाको लागि मरेकाे मान्छे होइन’, नेकपा एमालेका वरिष्ठ नेता नेपालको यो अभिव्यक्तिले एमालेभित्र उनलाई बस्न कठिन देखिएको थियो । दोस्रो पटक संसद विघटनसँगै नेपाल नयाँ दल गठनको तयारीमा लागेका छन् । एमालेभित्र पूर्व माओवादी समूहका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी भित्रिएसँगै नेपाल लगायतको ठूलो पंक्ति बाहिरिने तयारीमा छ ।
पार्टी नीति र हित विपरित गुट बनाएर गुटगत भेला गर्दै हिँडेका नेपालले नयाँ दल गठन गरेर कांग्रेस माओवादीसँग सहकार्य गर्ने नै उनको प्राथमिकतामा परेको निकट नेताहरुले बताउन थालेका छन् । एमालेका अध्यक्ष ओलीले लगातार पार्टी नीति, नेतृत्व र हित विपरितका क्रियाकलाप अघि बढाएको आरोपमा नेता नेपाललाई पार्टीबाट निलम्बन गरिएको थियो । तर पार्टी मिलाउने भन्दै कार्यदल समेत बनेको अवस्थमा उनको कारवाही फिर्ता भएको थियो ।
तर नेपालले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सांसदहरुसहित समर्थन गरेपछि उनको एमाले बसाई करिब करिब सकिएको छ । नेपाल सामु अब दुईवटा विकल्प देखिएका छन् । कि त पार्टी समक्ष झुक्ने र आफ्नो गल्तीको आत्माआलोचना गर्ने, अर्थात् आत्मसमर्पण गर्ने, कि त पद प्रतिष्ठा छाड्ने मात्रै विकल्पमा रहेका नेपालले सहजै पार्टीमा फर्कने अवस्था छैन ।
एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने प्रयासमा रहेका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरू सम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन ।
‘पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुटभेला तथा पार्टीलाई कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने तथा निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ भन्दै ओलीले नेपाललाई कारवाही गरेका थिए ।
आज बस्ने स्थायी कमिटी बैठकले नेपाल समूहका केन्द्रीय सदस्य, सांसदहरुलाई स्पष्टिकरण सोध्ने र नेपाल लगायतका नेताहरुलाई कारवाहीको तयारी समेत गर्ने बताइएको छ । यसपछि नेपालले नयाँ दलको तयारी गर्ने बताइएको छ । जसका लागि भीम रावल र बेदुराम भूषालले दस्तावेज तयार पारिरहेका छन् भने अन्य नेताहरुले प्राविधिक र भौतिक तयारी गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार