आज जिते आठ हजार ८४८ संक्रमितले कोरोना
नेपालबहस संवाददाता
जेठ ८, २०७८ आइतबार १:७:१२
८ जेठ, काठमाडौं । थप आठ हजार ९८० मा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पीसीआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार ५०३ को पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । काेरोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ ।
आजसम्म मुलुकभर सक्रिय संक्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार