जसपाले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार ६:२:१९
९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक कदमलाई साथ दिएको भन्दै जसपाले चार नेतालाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले बहुमत सदस्यको उपस्थितिमा बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई ओलीका प्रतिगामी कदममा साथ दिनुको कारणबारे स्पष्टीकरण सोध्ने निर्णय भएको बताए । बैठकले असंवैधानिक कदमविरुद्धको अन्य दलहरूसँग मिलेर संघर्ष गर्ने निर्णयलाई पारित गरेको छ ।
पार्टीभित्र विवाद रहेको जसपाको केन्द्रीय कार्यकारिणी समितिका ३१ जना सदस्यहरू बैठकमा उपस्थित भएको राईले जानकारी दए । जसपामा ५१ जनाको केन्द्रीय कार्यकारिणी छ । सत्तासमीकरणका विषयमा प्रधानमन्त्री ओलीलाई साथ दिने विषयमा एकमत हुन नसक्दा जसपाभित्र लामो समयदेखि अन्तरविरोध चर्किरहेको छ । पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीविरुद्धको गठबन्धनमा सहभागी भइरहेका छन् भने अर्का अध्यक्ष ठाकुरलगायत नेताहरू ओलीको पक्षमा लागिरहेका छन् ।
उनीहरूले साथ दिएकै कारण ओलीले संसद् विघटन गरेको निष्कर्ष जसपाको केन्द्रीय कार्यकारिणी समितिले निकालेको छ । यस्तै, शनिबार बिहान अन्य पाँच दलसँग भएको सहमतिअनुसार संसद विघटनविरुद्ध कानुनी र राजनीतिक प्रतिवादमा उत्रिने जसपाको निर्णय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार