लकडाउनले खेलाडी शिवानीको दैनिकी नै परिर्वतन
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १६:१२:५०
९ जेठ, महेन्द्रनगर । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा व्यस्त छिन । “दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ”, उनले भनिन, “बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।”
सिँढी, बरण्डा र छतमा अभ्यास गरिरहेकी शिवानीले कोरोना नियन्त्रणमा आइसकेपछि कबर्डहलमा अभ्यास गर्ने पर्खाइमा रहेको बताइन। राष्ट्रियस्तरमा सात स्वर्ण र १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा रजत पदक विजेता शिवानीले तीन महिना भारतको हरियाणामा समेत प्रशिक्षण लिएर कोरोनाका कारण फर्किएको बताइन । “कोरोनाले भारतमा पनि लकडाउन भयो, फर्किएर घर आएँ”, उनले भनिन, “भारतमा दुई वर्ष प्रशिक्षणका लागि सम्झौता भएको छ ।” शिवानीका बुबा राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन् । छोरीले घरमा प्रशिक्षण गरिरहेको भिडियोहरु उनले सामाजिक सञ्जालमा समेत पोष्ट गर्दै आइरहेका छन् ।
बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले गाउँतर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताए । “घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्”, उनले भने, “विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको छ ।”
उनले आम नागरिकलाई पनि प्रतिरोधात्मक शक्तिका लागि स्वास्थ्य सर्तकता अपनाएर घरमै व्यायाम गर्न सुझाव दिए । “घरमै बसेर पनि जो कोहीले व्यायाम गर्दा स्वास्थ्यका लागि लाभदायक नै हुन्छ”, उनले भने, “बीचको केही समय खेल गतिविधि सञ्चालनमा आए पनि दोस्रो लहर आएपछि पुनः स्थगन भए ।”
गत वर्ष पनि कोरोना शुरु हुँदा खेल क्षेत्र प्रभावित भएको बताउँदै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले दोस्रो लहरमा पनि केन्द्रको निर्देशनअनुरूप सम्पूर्ण खेल गतिविधि बन्द गरिएको जानकारी दिए । “अहिले स्वास्थ्य सतर्कता अपनाएर आफू सुरक्षित रहने बेला हो”, कार्यालय प्रमुख भट्टले भने, “खेल गतिविधि नहुँदा खेलाडीहरु प्रभावित हुनु स्वाभाविक हो ।”
त्यसैगरी यहाँस्थित कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले खेलाडीहरु अहिलेसम्म सङ्क्रमित हुनबाट जोगिएको बताए । “यस्तो बेला बाहिर निस्कन गाह्रो छ”, उनले भने, “कबड्डीका खेलाडीहरु गाउँघरमै आन्तरिक व्यायाममा व्यस्त छन् ।”
कञ्चनपुरमा फुटबल, भलिबल, कराँते, कबड्डी, क्रिकेट, बक्सिङ, तेक्वान्दो, भारोत्तोलनलगायतका खेलको प्रशक्षिण हुने गर्छ । भारोत्तलनका राष्ट्रिय खेलाडी सुवास उपाध्यायले लकडाउनका कारण एक महिनादेखि प्रशिक्षण बन्द भएको बताए । “सामान्य व्यायामहरु घरमै भइरहेको छ”, उनले भने, “नियमित प्रशिक्षण नहुँदा निकै तनाव हुन्छ ।” खेलाडीहरुले बन्द खुल्दा पुनः शुरुआतदेखि प्रशिक्षणमा होमिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
यहाँका कुस्ती खेलाडी सुरेश चुनारा पनि घरमा सामान्य प्रकारका खेल गतिविधि गरेर दैनिकी काटिरहेको बताउछन । “घरबाहिर गएर यस्तो बेला प्रशिक्षण गरेनन”, कुस्तीका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी चुनाराले भने, “प्रशिक्षण नहुँदा खेल क्षेत्र नै पछि धकेलिने सम्भावना रहन्छ ।” नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध रहेर कुस्ती खेल्दै आएका चुनारा महेन्द्रनगरमा डेरा गरी बस्दै आउनुभएको छ । गत वर्ष कोरोना शुरु भएयता प्रशिक्षणले राम्ररी उचाइ लिन नसकेको उनको भनाइ छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
गोपीचन्द्र पार्की शुक्रबार लन्डन जाने
चैत २८, २०८० बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार