स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १८:१७:८
९ जेठ,काठमाडौं । सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य ठह¥याएको हो ।
नेपालका दुई तथा विदेशी दुई गरी चारजनाको टोलीले उक्त गन्तव्यको आरोहण र अध्धयन गर्न निस्केको थियो । गत मे ६ तारिखमा दुई विदेशीले मेरापिकको टुप्पोमा पुगेर मेरापिकदेखि स्की खेल्दै करीब आधा घण्टामा आधार शिविर भरेका थिए । नेदरल्यान्डका ३५ वर्षीय मथिज लियोनार्द बनार्ड र ४० वर्षीय डाइड्रिक भान रिजिनले मेरापिक आरोहण गरेका हुन् ।
स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानले स्नो गाइड नेपाल ट्रेक्स एन्ड एक्पिडिशनसँगको सहकार्यमा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त कार्यमा स्थानीय रिफ्युजी मेरा होटेलले सहयोग गरेको थियो । प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले मेरापिक हिमालमा स्की माउन्टेनरिङ खेलका लागि प्रशिक्षण सञ्चालनका लागि अध्ययन गरिएको र मेरापिक उपयुक्त गन्तव्य रहेको जानकारी दिए ।
उनका अनुसार सन् २०२६ मा इटालिमा हुने ओलम्पिकको स्की माउन्टेनरिङ खेलमा सहभागिता जनाउनका लागि मेरापिकमा प्रशिक्षण सञ्चालन गरिनेछ । यो ओलम्पिक सन् २०१८ मा दक्षिण कोरिया र सन् २०२२ मा चीनमा हुँदैछ । पहिलो पटक स्की माउन्टेनरिङ खेल समावेश गरिएको प्रतियोगिता इटालीमा शुरु हुन लागेको जनाइएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय टोली बनाएर लैजाने योजना छ ।
ओलम्पिकका लागि सहभागिता गराउने उद्देश्यले तालीमलगायत काम गरिएको जानकारी दिँदै अध्यक्ष पाठकले मेरापिकमा आगामी अक्टोबर महिनामा स्की माउन्टेनरिङ प्रतियोगिता तालीम आयोजना गरिने बताए । यही संस्थाले सन् २०१९ मा कालिञ्चोकमा स्की प्रतियोगिता आयोजना गरेको थियो । उक्त फाउण्डेशन इन्टरनेशनल स्की माउन्टेनरिङ फेडेरेशनको सदस्य संस्था पनि हो ।
यसअघि प्रतिष्ठानले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेलाई लक्षित गरी कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा माघ ९ देखि ११ गतेसम्म प्रथम कुरी स्की–स्नोबोर्ड च्याम्पियनशिप खेल महोत्सव आयोजना गर्ने योजना थियो ।
प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमीकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पिक, मनाङको खाग्ङला ग्लेसियर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधार शिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न तथा साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत पाँच वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार