विराटनगरमा प्रहरीमाथि आक्रमण, पाँचजना नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:१:३८
९ जेठ, काठमाडौं । विराटनगरमा कोरोना भाइरस नियन्त्रणमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । संक्रमण नियन्त्रणका लागि लगाएको निषेधाज्ञा कार्यान्वयनमा खटिएको प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा गएको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा शनिबारसाँझ ७ बजेतिर आक्रमण भएको हो ।
मोरङ प्रहरीका अनुसार डीएसपी राई नेतृत्वको टोली भीडभाड नियन्त्रण गर्दै र निषेधाज्ञा उल्लंघन गरेर कुदाइका सवारीसाधनमाथि निगरानी बढाउँदै तथा खुला रहेका पसलहरु बन्द गराउँदै पुष्पलाल चोक पुगेको थियो । त्यस क्रममा पसल खुला राखेर तरकारी बेचिरहेको समूहले प्रहरी टोलीमाथि एक्कासि आक्रमण गरेको बताइएको छ ।
आक्रमणबाट डीएसपी राईसहित चारजना प्रहरीलाई चोटपटक लागेको छ । राईको पाखुरा र शरीरका केही भागमा बाँसले प्रहार गरिएको चोट छ । प्रहरीमाथि आक्रमण हुन थालेपछि पुष्पलाल चोकको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट थप मद्धतका लागि गएको प्रहरी टोलीले आक्रमणमा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह रहेका छन् । पाँच जनालाई नियन्त्रणमा लिनसाथ अरु फरार भएका थिए । कोरोना तीव्र रुपमा फैलिइको मोरङमा संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि निषेधाज्ञा लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार