संक्रमितको मनोबल बढाउन प्रहरीको टेलिफोन
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:१:२९
९ जेठ,टीकापुर । कैलालीमा दैनिकरुपमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि संक्रमितको मनोबल बढाउन प्रहरीले टेलिफोन गरी सान्त्वना दिन थालेको छ । जिल्लामा पीसीआर परीक्षण पोजेटिभ आएका संक्रमितलाई प्रहरीले फोन गरेर अवस्था बुझ्ने, बसाइँ र खानपानबारे सोध्ने गरेको छ । प्रहरीले संक्रमितको मोबाइलमा फोन गरेर अवस्था बुझ्नाका साथै उपचारका लागि आवश्यक एम्बुलेन्स र अक्सिजनका लागि नआत्तिन आग्रह गर्न थालेको छ ।
शनिबार कैलालीको टीकापुरमा पीसीआर पोजेटिभ आएकी २४ वर्षीया एक युवतीलाई प्रहरीको मोबाइलबाट फोन आयो । “म इलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी हो, तपाईंलाई कस्तो छ भन्यो, मैले आफ्नो अवस्थाबारे जानकारी दिए, प्रहरीले एम्बुलेन्स नपाए प्रहरीको गाडी छ, हामी तपाईंलाई अस्पताल लैजान्छौँ, अक्सिजन नपाए हामी जोहो गर्छौं, ढुक्कसँग बस्नुस् है भन्यो”, युवतीले भनीन।, “प्रहरीले संक्रमित धेरैलाई निको हुन्छ, निको भएकाहरुका उदाहरण दिएर हौसला बढायो, म त निकै आत्तिएकी थिएँ, प्रहरीको फोनपछि उपचार नपाएर मरिन्न भन्नेमा ढुक्क भए ।”
त्यस्तै टीकापुरकै ४१ वर्षीय एक युवकमा पनि कोरोनाका लक्षण देखिएपछि युवकले पीसीआर परीक्षण गरेका थिए । युवकको शनिबार आएको नतिजा पोजेटिभ देखियो । युवकको मोबाइलमा संक्रमित भएको म्यासेज आयो । घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका युवक धेरै आत्तिएका थिए । उनलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन नपाउने चिन्ताले सतायो ।
शनिबार दिउँसो उनको मोबाइलमा प्रहरी कार्यालयबाट फोन आयो । “तपाईं सुरक्षित हुनुहुन्छ नि रु, केही समस्या त छैन, समस्या भए नआत्तिनु हामी छौँ भन्यो”, युवकले भने, “म त निकै खुशी भए, संक्रमित भनेपछि परिवारकै सदस्यले घृणा गर्ने अभ्यास समाजमा छ, संक्रमित र संक्रमितका परिवारलाई छिमेकीले वास्ता नगर्ने अभ्यास समुदायमा चलेका बेला प्रहरीले फोन गर्दा अप्ठ्यारोको साथी पाएजस्तै भयो, म त समस्या भए अब प्रहरीलाई फोन गर्छु ।”
प्रहरीले टीकापुर क्षेत्रमा संक्रमित देखिएकाको रेकर्ड लिएर उनीहरुको अवस्था बुझ्ने काम गरिरहेको छ । प्रहरीले यो कार्य टीकापुर अस्पतालसँगको सहकार्यमा गरिरहेको छ । संक्रमितलाई अनावश्यक नहिँड्न, घरभित्र सुरक्षित रहन, स्वास्थ्य समस्या भए अस्पताल जान आग्रह गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिए ।
“हामीले अस्पतालसँगको सहकार्यमा टेलिफोन सेवा शुरु गरेका हौँ, हामीले हाम्रो कार्यक्षेत्रभित्रका संक्रमितलाई फोन गर्छौं”, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “अस्पतालसम्म जान आवश्यक एम्बुलेन्स वा साधन, औषधि उपचारमा समस्या भए सघाउने, अस्पतालसम्म पुगाइदिने काम थालेका छौँ ।”
कैलालीका घरघरमा संक्रमित थपिन थालेका बेला प्रहरीले थालेको यो अभियानले उनीहरुको हौसला बढाउने काम भएको छ । संक्रमित नआत्तिउनु, स्वास्थ्य समस्या जटिल भए समयमै उपचारमा जाउन भन्नका लागि प्रहरीले थालेको यो अभियानले संक्रमितको मनोबल बढाउने काम गरेको चिकित्सकको भनाइ छ ।
“हामी चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पतालमा उपचारमा व्यस्त रहन्छौँ, यस्तो बेला समुदायमा सङ्क्रमित भएर होम आइसोलनशनमा बसेकाको मनोबल पनि बढाउन जरुरी छ”, टीकापुर अस्पतालका निमित्त प्रमुख चिकित्सक रेमकुमार राई भन्छन्, “हामीले प्रहरीसँग सहकार्य गरेर संक्रमितलाई थप जोखिमबाट जोगाउन, स्वास्थ्यप्रति सचेत रहनका लागि के गर्न सकिन्छ भनी छलफल गर्दा उनीहरुले हामी टेलिफोनबाट बुझ्ने काम गर्छौं भने र सघाइरहेका छन्, यसले धेरै सहज भएको छ ।”
मनोसामाजिक परामर्शकर्ता धनराज विक संक्रमितलाई पछिल्लो समय समाजमा गरिने व्यवहारले समाजमा रहेको एकता र मेलमिलाप बिग्रँदै गएको बताउछन् । “संक्रमित र तिनका परिवारलाई छुवाछूत गर्न थालिएको छ, यो रोग पो हो, छुवाछूत गर्ने त होइन नि”, मनोसामाजिक परामर्शकर्ता विक भन्छन्, “संक्रमितलाई हौसला दिने सबैभन्दा ठूलो काम छिमेकीले गर्नुपर्छ ।”
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा दुई लाख नौ हजार २२८ नमूना परीक्षण गर्दा ३५ हजार ११९ मा संक्रमण फेला परेको छ । कैलालीमा मात्र करीब १० हजार संक्रमित पुगेका छन् । सुदूरपश्चिममा एक हजार ४०० बालबालिकालाई संक्रमण देखिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार गत वैशाखमा पीसीआर परीक्षणबाट कूल १४ हजार ९४५ संक्रमित थपिएका छन् । त्यसमा १९ वर्षमुनिका मात्र एक हजार ४३४ बालबालिकामा संक्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
तस्वीरमा गोरखा भूकम्पपछिका केही झलक
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार