मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:८:३३
९ जेठ,सोलुखुम्बु । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधारशिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका छन् । उनका अनुसार अहिले आरोहण भइरहेको भए पनि के कतिले आरोहण गरे भन्ने विवरण प्राप्त भएको छैन ।
शेर्पा आरोही समूहले गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण शुरु भएको थियो । वैशाख २८ र २९ गते करीब १७० आरोही सगरमाथा शिखरमा पुगे पनि त्यसपछि आरोहण रोकिएको थियो । अब झण्डै एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नसाथ आरोही शिखरतर्फ लागेका आरोहणमा गएका क्लाइम्बिङ गाइड पेम्बादाबा शेर्पाले बताए । यस वर्ष सगरमाथा आरोहणका लागि ४०८ ले अनुमति लिएका छन् ।
अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगीसमेत हुने भएकाले यस वर्ष सगरमाथा आरोहणका लागि ८५० भन्दा धेरैको तयारी छ । वसन्तयामको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म एक नेपाली गाइडसहित तीनजनाको मृत्यु भएको छ । आरोहण सकेर फर्कने क्रममा स्वीजरल्यान्डका अब्दुल वारिचको साउथ समिटमा मृत्यु भएको थियो भने शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो शिविरमा बिरामी भएर तल झार्ने क्रममा मृत्यु भएको थियो ।
यस्तै क्याम्प १ र २ को खर्पासमा परेर एक नेपाली गाइडको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार