नेपाल डिजिटल पेमेन्ट्स र एनसीएचएलबीच सम्झौता
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २०:२५:१३
९ जेठ, काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कं. लि.र नेपाल क्लियरिङ्ग हाउस लि. बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ । सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् एनडीपीसीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) प्रयोग गरी यस भित्र रहेका NCHL-IPS तथा connectIPS प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सकिने छ । एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ पहुँच बढाउन थप पहल गर्ने बताएकाे छ ।
एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंकद्वारा स्थापित कम्पनी हो । जसले गर्दा यसमा ग्रमीण क्षेत्रको पहुँच देखि लिएर वित्तीय तथा बैंकिङ सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् । तसर्थ यस कम्पनीले देशका कुनाकाप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तिय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्ने जनाएकाे छ ।
हाल प्रारम्भिक टेस्टिङ्गको चरणमा रहेको एनडीपीसीको मोबाईल वालेट सञ्चालनमा आएपश्चात् अनलाईन र अफ्लाईन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्त मोबाईल वालेट प्रयोग गर्न मिल्ने छ । एनडीपीसीले हालै नेपाल राष्ट्र बैंकबाट “नमस्ते पे” सञ्चालन गर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको जनाइएकाे छ ।
दूरसञ्चार कंम्पनीले प्रवद्र्धन गरेको एक मात्र भुक्तानी सेवा प्रदायक, एनडीपीसी तथा बैंक वित्तीय संस्थाहरुले प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक, एनसीएचएलबीचको यस सहकार्यले दूरसञ्चारको पूर्वाधार र ग्राहक तथा डिजिटल भुक्तानीको पूर्वाधार–बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई जोड्ने अपेक्षा गरिएकोले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यसले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकको डिजिटल भुक्तानीको पहलहरुलाई थप टेवा पुर्याउने विश्वास गरिएको छ ।
एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGSNPI र CORPORATEPAY प्रणालीहरु सञ्चालन गर्दै आएकोमा हाल ६३ सदस्य बैंक वित्तिय संस्थाहरु र ५८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । एनसीएचएलले बैंक वित्तिय संस्थाहरुका साथै भुक्तानी प्रणालीहरुमा विभिन्न सरकारी तथाअर्ध–सरकारी संस्थाहरु, पीएसपी- पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक लगायतका संस्थाहरुलाई इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध गराई डिजिटल भुक्तानीको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेकाे जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार