ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठन गर्ने
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २१:१३:५२
९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठन गर्ने अन्तिम तयारी गरेका छन् । सर्वाेच्च अदालतले सांसदबिहीन सातजना मन्त्रीलाई पदमुक्त गर्न निर्देशन दिएपछि ओलीले पुनर्गठन गर्न लागेका हुन् । अब हुने पुनर्गठनमा जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र पक्षसमेत सामेल हुने भएको छ ।
स्रोतका अनुसार, राजेन्द्र महतोलाई उपप्रधानसहित आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने समझदारी बनेको छ । उनीहरुले सातवटा मन्त्रालय पाउने भएका छन् । संभवतः पूर्व माओवादीले यसअघि पाएका मन्त्रालयकै जिम्मेवारी पाउने छन् ।
यस्तै राजकिशोर सिंह, शरतसिंह भण्डारी, चन्दा चौधरी, अनिल झा, प्रमोद साह र विमल श्रीवास्तव मन्त्रीका रुपमा सहभागी हुँदैछन् । स्रोत भन्छ – भोलि सोमबार नै पुनर्गठन हुने छ । गृह मन्त्रालय भने ओली आफैंले राख्ने बताएका छन् । यद्यपि ईश्वर पोखरेलले पनि सो मन्त्रालय मागेका छन् ।
ओली पक्षका महेश बस्नेत पनि नयाँ सदस्यका रुपमा आउन सक्ने बुझिएको छ । ओलीले माधव नेपाल समूहबाट आउने तयारीमा रहेका योगेश भट्टराईलाई समेत मन्त्री पद अफर गरेका छन् । तर उनले स्वीकारेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार