अफगान सेनाको कारबाहीमा ६ लडाकूको मृत्यु
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार २१:३६:४७
९ जेठ, काबुल । अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ ।
सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा करिब ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ ।
तालिबान लडाकू लुकेर बसेको भरपर्दो सूचनाका आधारमा हवाई आक्रमण गरिएको र त्यसबाट कोही पनि निर्दोश व्यक्ति हताहत नभएको सेनाले दाबी गरेको छ ।अफगानी तालिबान समूहले राजधानी र प्रमुख शहर बाहिरका जिल्लामा पछिल्लो पटक हिंसात्मक भिडन्तहरु जारी राखेका छन् ।
पछिल्ला विवरण अनुसार अफगानिस्तानका ४०७ जिल्लामध्ये १५ वटामा तालिबानको नियन्त्रण छ भने ४० वटा जिल्लालाई तालिबानले नियन्त्रण लिने प्रयास गरिरहेको छ ।संयुक्तराज्य अमेरिका र नेटोका फौजले अफगानिस्तान छाड्नै लाग्दा अफगानिस्तानभित्र हिंसाका घटनामा पुनः बढ्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार