भुलभुलेमा पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का
नेपालबहस संवाददाता
जेठ ९, २०७८ सोमबार २:७:३७
९ जेठ, लमजुङ । लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मस्र्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन् । जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्पन्न हराउँदै जाने जनाएको छ । जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १०० वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । त्यस्तै, चार रेक्टरभन्दा माथिका छ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा अन्तिम पल्ट शनिबार साँझ ६ बजेर १८ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता कुनै पनि भूकम्पको धक्का भने जिल्लावासीले गरेका छैनन् ।
बुधबार बिहान गएको भूकम्पले मानवीयदेखि भौतिक संचरनामा क्षति पुगेको छ । जिल्लाका स्थानीयहरु पटकपटक दिनरात नै भूकम्पको धक्का गएपछि त्रसित भएका थिए । पटकपटक आएको भूकम्पको धक्काले कुनैपनि बेला ज्यान जाने हो कि भनेर शनिबारसम्म स्थानीयवासी त्रसित भएर बस्न बाध्य भएपनि आज बिहानैबाट कुनै धक्का महसुश गर्न नपरेपछि अब भने केही हुँदैन भनेर खुशी भएका छन् ।
स्थानीय वासिन्दा बुधबार रातिदेखि घर बाहिर सुत्न बाध्य थिए । रातिको समयमा समेत शुक्रबार रातिसम्म जिल्लामा पटकपटक भूकम्पको परकम्पन गएको थियो । जिल्लामा चार दिन र तीन रात पटक पटक भूकम्पको धक्का महशुस भइरहेको थियो ।
जिल्लामा सो भूकम्प जाँदा २०८ घर पूर्ण क्षति र २०० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनका अनुसार जिल्लाका छ जना घाइते भएका थिए । भूकम्प पीडितलाई तत्कालका लागि प्रशासनबाट केही राहत सामग्रीहरु पनि वितरण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार