सत्ता प्राप्तिका लागि ठाकुर र महतोको दूतावासमा दौडधुप, रुक्मांगद कटवाल भारतीय दूतावासमा लुसुक्क
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १६:११:३०
१० जेठ, काठमाडौं । मधेशमा क्षेत्रीय दलका रुपमा उदाएका नेताहरु भारतीय राजदूतावास गएनन भने आश्चर्य मान्नुपर्छ । दुई दिन अघि राजेन्द्र महताे सुटुक्क दूतावास छिरे । उनले त्यहाँ भर्खरै आएका रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागरसहित एउटा टीमसँग छलफल गरेर फर्केका थिए । उनले नेपालका लागि भारतीय फ्ष्ट क्लास अफिसरसँग पनि छलफल गरेका थिए । नेपालको राजनीतिमा आएको उतारचढावसँगै मधेशवादी दलका नेताहरु भारतीय दूतावासमा पुग्ने गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनूपूर्व वैशाख २६ गते महन्थ ठाकुर र राजेन्द्र महताे दुवै भारतीय दूतावास पुगेका थिए । त्यसकै परिणाम सरकारले नागरिकता अध्यादेश दिएको छ । अहिले नागरिकता अध्यादेश जारी भएपछि पछिल्लो पटक प्रधानमन्त्री ओलीले महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीलाई समेटेर नयाँ मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।
यही बेला भूतपूर्व प्रधानसेनापति रुक्मांगद कटवाल भारतीय दूतावासमा लुसुक्क छिरेका छन् । जसपाका नेताहरु ठाकुर र महतो केही दिनदेखि नयाँ सरकार गठनका लागि लैनचौरस्थित भारतीय दूतावासमा परामर्श गरिरहेको र पूर्व राजा ज्ञानेन्द्र शाह भारतीय कुम्भ मेला पुगेर आएको सन्दर्भमा पूर्वसेनापति कटवालको दूतावास प्रवेशलाई जोडेर हेरिएको हेर्न थालिएको छ । कटवाल मधेसी दलका तर्फबाट ओली सरकारमा सहभागी हुन चाहन्छन् । उनले ओली सरकारमा गृहमन्त्री भएर मुलुकको सेवा गर्न चाहेको सूचना सुरक्षा निकायहरुलाई आएको छ । यद्यपि यो विषय बाहिर चर्चामा ल्याइएको छैन ।
स्रोतका अनुसार, कटवाल आइतबार साँझ भारतीय दूतावास पसेका थिए । शुरुमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग भेट गर्न गएको भनिए पनि उनले राजदूतसँग भेट गर्न पाएनन् । राजदूतले आफू व्यस्त भएको जानकारी उनलाई दिएपछि सेकेन्डम्यान र अन्य केही अधिकृत र रअका नेपाल प्रमुखसँग भेटघाट गरेर स्रोतको दावी छ ।
नेपालको राजनीतिका बारेमा पारदर्सिता र जवाफदेहिताको वकालत गर्दै सामाजिक सञ्जालहरुमा निकै कडा आलोचनात्मक टिप्पणी गर्ने कटवालले किन दूतावास छिरे भन्ने बारेमा केही आएको छैन । उच्च सुरक्षा स्रोतका अनुसार उनी एक्लै दूतावास गएका थिए । हालै भारतको सत्तारुढ दल बीजेपीको मातृ संगठन भनेर चिनिएको राष्ट्रिय स्वयंसेवक संघका केही कार्यक्रमहरुमा भाग लिने गरेको सूचना सुरक्षा निकायहरुमा प्राप्त भएको बताइएको छ । स्रोतका अनुसार उनी नेपालमा हिन्दु राज्यको वकालत गर्ने संघसंस्थाहरुसँग अप्रत्यक्ष रुपमा जोडिदै आएका छन् ।
कटवाल जस्तै एक वर्ष अघि सशस्त्र प्रहरीका बहालावाल डीआईजी पनि भारतीय राजदूतावास पुगेका थिए । डीआईजी प्रवीण श्रेष्ठले सरकारी सुविधाकै गाडी लिएर दूतावास गएको विषयले सुरक्षा निकाय र गृहमन्त्रालयसम्म तरंग पैदा गरेका थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार