मधेसको राजनीति केवल सत्ता प्राप्ति
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १६:१:४९
१० जेठ, काठमाडाैं । मधेसवादी पार्टी भन्ने वित्तिकै सर्वसाधरणको दिमागमा एउटै कुरा आउँछ –सत्ता । सत्ताकै लागि मधेसमा धेरै पार्टी बने र टुक्रिए । तर गएको वर्ष प्रधानमन्त्री केपी ओलीले तत्कालिन संघीय समाजवादी पार्टी विभाजन गर्न अध्यादेश आएपछि राष्ट्रिय जनता पार्टीसँग रातारात एकता भयो । तर त्यो एकता केवल सत्ता प्राप्तिका लागि मात्र थियो । त्यसको पटाक्षेप भर्खरै नेपालमा प्रष्ट भइसकेको छ । जसपा भित्रको दुईखेमा विपरित पक्षमा विभाजित छन् । दुबैको अभिष्ट एकै हो – सत्ता ।
अब थोरै मधेसी पार्टीको पृष्ठभूमितिर घोल्तिउँ त । धेरै नेपालीलाई लागेको छ भारत । हो पनि, यो पार्टीको स्थापनाको पृष्ठभूमि हेर्ने हो भने यो उत्तर चित्तबुझ्दो लाग्छ । यसका लागि पुग्नुपर्छ सद्भावना पार्टीसम्म । यो पार्टीको स्थापना पञ्चायत कालमै भएको थियो । संस्थापक नेता थिए – गजेन्द्र नारायण सिंह । तिनै गज्जुबाबु जो प्रजातन्त्र पुनस्थापनापछि बनेका प्राय सबै सरकारमा मन्त्री रहे ।
मृत्युपर्यन्त उनी त्यही हैसियत र पहिचानमा थिए । जहाँ गज्जुबाबु त्यहीं मन्त्री पद । त्यही संस्कारबाट जन्मे अरु मधेसवादी दलहरु । सुरुमा आयो मधेसी जनअधिकार फोरम । एउटा गैरसरकारी संस्थाका रुपमा जन्मेको यो संस्था कालान्तरमा गज्जुबाबुकै पदचिह्नमा हिंड्यो । सत्ताकै खातिर यो पार्टी धुजाधुजा भए । मधेसी नेता जो सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न अभ्यस्त भइसकेका थिए, त्यही चरित्र देखाए उनीहरुले पनि । यो पक्षको नेतृत्व ग¥यो–उपेन्द्र यादवले ।
त्यसैको सिको गर्दै मधेसमा अरु धेरै दलहरु जन्मन खोजे । फोरमको विलल्पमा आयो –तराई मधेस लोकतान्त्रिक पार्टी । जसको नेतृत्व गरे –काँग्रेसबाट विद्रोह गरेका महन्थ ठाकुरले । त्यसपछि मधेसी जनताको नाममा धेरै कांग्रेस र कम्युनिष्टहरु मधेसका मसिहा बन्न खोजे । सबैको एउटै उद्येश्य र लक्ष्य थियो मधेसका नाममा सत्तामा पुग्नु । नभन्दै आजपर्यन्त मधेसीको नाममा धेरैले मन्त्री पद पाए । संभवतः आजैभोलि महन्थ पक्ष ओलीको सत्तायात्री हुँदैछ ।
वस्तुत मधेसवादी दलका नेताहरुको ध्याउन्न केवल सत्ता प्राप्तिसँग थियो । त्यसैले उनीहरुको एकता कहिल्यै भएन । बेला बेला स्वार्थ मिल्दा उनीहरु एकैथलोमा देखिएपनि कहिल्यै मिलन थिएन र छैन पनि । सत्ताका लागि आपसमै लुछाचुँडी गर्नु उनीहरुको नियति नै बनेको छ । त्यसैको पछिल्लो श्रृँखलाका रुपमा जनता समाजवादी पार्टीको वर्तमान अवस्था हेरे पुग्छ ।
दुई अलग पृष्ठभूमि र लगानीका आधारमा स्थापना भएका पार्टी गत आम निर्वाचनमा पनि अलगै थिए । गएको बर्ष जब प्रधानमन्त्री केपी ओलीले समाजवादी पार्टी विभाजनका लागि अध्यादेश ल्याए , अनि मात्रै दुई अलग पार्टी एक भएका थिए । त्यसमा उनीहरुको आफ्नै स्वार्थ थियो ।समयक्रममा फेरि तिनै दुई पार्टीको पुरानै हैसियत प्रधानमन्त्री ओलीले स्मरण गराइ दिएका छन् । आफ्नो सत्ता जोगाउन ओलीले दक्षिणतिरको सहयोग प्राप्त गर्न थालेपछि जसपाको एउटा गुट उनको लगौंटी बनेको छ । त्यसको नेतृत्व महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन् ।
कुनैबेला थियो – ओली भनेको साँच्चै राष्टवादी नेता हो भन्ने । तर ओली न त राष्ट्रवादी थिए न पछि नै रहलान् । त्यसैले वर्तमानमा हुने त कुरै भएन । केवल भ्रम सिर्जना गर्न भारतीय संस्थापन पक्षले नै यस्तो नाटक गरेको थियो । ओली त एउटा पात्र मात्र थिए । त्यसको पटाक्षेप गएको वर्ष भारतीय खुफिया एजेन्सी रअ प्रमुख सावन्त गोयलको भ्रमणबाटै प्रष्ट भएको थियो ।
त्यसपछिका राजनीतिक घटनाक्रमले त्यही पुष्टी गरेको छ । नभन्दै जसपाको एउटा पक्षले ओलीलाई जोगाउन जुन भूमिका खेल्यो त्यसबाट सबै छर्लङ्ग भएको छ । अब भारतीय पक्षको नेतृत्व खुलेरै ओली गर्दैछन् भन्ने प्रमाणित गर्न जसपाको यो गुटको गतिविधिले प्रष्ट पारेको छ । यसै पृष्ठभूमिमा फेरि जसपा भित्रको खिचातानीले नयाँ मोड लिएको छ । जसपाको उपेन्द्र यादव पक्ष खुलेरै ओलीको विरोधमा देखिएको छ । उसको स्वार्थ भनेको भारतीय पक्षले आफूहरुलाई कम महत्व दिएको भन्ने हो ।
तर उनीहरु यतिबेला लोकतन्त्र र संविधानको पक्षमा देखिएका छन् । त्यसैले उनीहरुको अरु पाटो खासै महत्वपूर्ण छैन । जे भएपनि मधेसवादी पार्टीको लक्ष्य र उद्येश्य भनेको केवल सत्ता अनि फेरि सत्ता मात्रै हो । त्यसको पटाक्षेप अब नयाँ रुपमा हुँदैछ । जसपाको महन्थ – राजेन्द्र समूह अबको केही दिन भित्रै सत्तामा पुग्दैछ । किनभने भारतीय पक्षले उनीहरुलाई समेत सत्तामा राखेर चुनाव गर्न चाहेको छ । उनीहरुलाई सत्ताको भ¥याङ्ग उक्लिन केही निहुँ चाहिएको हो । त्यो काम ओलीले सुरु गरिसके । १२० जनालाई जेलबाट रिहा गर्ने निर्णय यसअघि नै गरेको सरकारले आजै मात्र नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको छ । यो अध्यादेशले नेपालमा भारतीय नागरिकले सहजै वंशजको आधारमा नागरिकता पाउने प्रावधान राखेको छ ।
यसैलाई आधार बनाएर जसपाको महन्थ समूह सरकारमा सहभागी हुने भएको छ । त्यसका लागि उनीहरुले एउटा प्रस्ताव राखेका छन् ओली समक्ष । त्यो के भने – ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गर्ने । त्यसैका आधारमा महन्थ समूह सत्तारोहण गर्ने । सम्भवतः भोलि वा पर्सि नै यो प्रकृया सुरु हुनेछ । ओलीले यस्तो आह्वान गरेलगत्तै महन्थ पक्ष सत्तामा जाने भएको छ । तर संसद् विघटन सम्बन्धी मुद्धामा भोलि सर्वाेच्च अदालतले कस्तो आदेश दिने हो त्यो पनि महन्थ समूहले हेरिरहेको छ । त्यसैले यसको छिनोफानो भएपछि मात्रै सत्तारोहणका विषयमा निक्र्यौल गर्ने कि भन्ने प्रसंगसमेत उठेको छ । तर ढिलोचाँडो महन्थ समूह सत्तामा जाने चाहिं निश्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार