जागिर छाडेर बेसहाराहरुलाई खाना खुवाउदै पवित्रा
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १६:३:४८
१० जेठ,चितवन । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन छिन् ।
चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्थिन । उनले भनीन्, “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको छ ।” मानिस रोगले भन्दा भोकले मर्ने देखेपछि उनी आफ्नो जागिरबाट राजीनामा दिएर मानव सेवामा लागेकी हुन् । जागिरबाट राम्रो कमाइ भएको भए पनि उनले त्योभन्दा भोकालाई खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको बताइन् ।
उनले भनीन्, “शुरुमा चाउचाउ बिस्कुट बाँढेँ । पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौँ ।” शुरुमा सडक छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खाना खान नपाएका मान्छेहरु खोज्दै हिडेको उनले सम्झीइन । रिक्सामा राखेर खाना बाँड्न जाँदा समस्या भएपछि शुरुआतमा नारायणी नदी किनारमा खाना बनाएर खुवाउन थाले पनि पछि त्यहाँ छाडेर केन्द्रीय बस ट्रमिनल हाकिमचोकमा आएर खाना बनाउने र खुवाउने काम गरिएको उनले जानकारी दिइन् ।
खाना बनाएर हाकिमचोकमा ६५ जना र कमलनगर, नगरवन रोड, पुलचोक, लीलाचोक, बेलटाँडी र पोखरा बसपार्कसम्म खाना पु¥याउँदै भोकालाई खाना खुवाउने काम गरिएको हमालले बताइन् । अहिले एक छाकमा १२० जनालाई खाना खुवाउन थालिएको उनले जानकारी दिइन् । बिहान १० बजे र साँझ ६ः३० बजे बेवारिसेहरुलाई खाना खुवाउने गरिएको छ । खाना बनाउने कार्यमा दैनिक आठ जना बिहान ६ बजेदेखि राति अबेरसम्म खट्ने गरेका छन् ।
बेसहारालाई खाना बनाएर खुवाउने गरेको थाहा पाएपछि घरधनीले कोठा छाड्न आग्रह गरेको पवित्राले दुखेसो पोखिन । उनले भनीन्, “बेसहारालाई खाना खुवाउन हिँड्न थालेपछि घरबेटीले कोठा छोड्न भने । अहिले कोठा नछाडे पनि दिदीको घर थानिचोकमा बस्दै आएकी छु ।” अहिले निःशुल्क खाना सेवा अभियानमा भरतपुरका विभिन्न संघ संस्था जोडिएकाले केही सहज भएको उनले जानकारी दिइन् ।
यस अभियानमा अहिले रिकभरी नेपाल वाग्मती प्रदेश, द युनाइटेड चितवन, न्यू वे फाउण्डेसन, युवा समाज भरतपुर, सन्देश फाउण्डेसन, निर्णय नेपाल काठमाडौँ र विश्व हिन्दू युवा संघले सहयोग गर्दै आएका छन् । पछिल्लो सात दिनदेखि यी संस्था अभियानमा जोडिएसँगै स्मार्ट टिम चितवनको नाममा सेवा दिँदै आइएको अभियानका संयोजक दिवाकरराज श्रेष्ठले जनाकारी दिए । ती संस्था जुटेसँगै कोठा भाडामा लिएर बस्ने र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समेत खाद्यान्न वितरण गर्न थालिएको छ ।
खाना खान आउनुभएकी ४० वर्षीया विष्णुमाया शर्मा अहिले काम नपाएपछि यहाँ आएर खाना खाने गरेको बताउछिन् । पहिला इँटा लोड र अनलोड गर्ने काम गर्दै जीविकोपार्जन गर्ने गरेको भए पनि कोरोना कहरका कारण जीवन चलाउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । अहिले काम नभएपछि भाडा तिर्न नसकेर सडक पेटीमै बस्दै आएको उनले बताइन् । जनकपुर घर बताउने उनी घर जान पाए घर गएर बस्ने बताउछिन् ।
यस्तै तनहुँ घर भएका विनोद सिञ्जाली मगर अहिले काम नपाएपछि कहिले भोकै त कहिले यहाँ आएर खाना खाने गरेको बताउछन् । उनले भने, “काम खोज्न जाँदा कोरोना आयो भन्छन् । खानलाई समस्या पर्छ । बिहान बेलुका यहाँ आएर खाना खायो । दिनभरी यसै बस्नुपरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार