गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियान तीव्र
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १६:४३:९
१० जेठ,मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ । हालसम्म संक्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उनले बताए ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउँगाउँमा आइसोलेशन केन्द्रको व्यवस्था गरिएको बताइन् । उनले भनीन्, “संक्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेशन निर्माण गछौँ ।”
इच्छाकामनामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ८८ पुगेको छ । तीमध्ये दुई संक्रमितको मृत्यु भएको छ । गाउँपालिकामा हाल सक्रिय संक्रमितको सङ्ख्या ३४ छ । उनीहरुमध्ये गाउँपालिकाले सञ्चालन गरको आइसोलेशनमा छ जना उपचाररत छन् भने अन्य सबै सङ्क्रमित होम आइसोलेशनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले नागरिकको घरघरमा गएर स्वास्थ्य जाँच समेत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले सखाप
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार