मन्त्री आलेले पठाएको स्वास्थ्य सामग्री डोटी पुग्यो
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार २०:३५:४३
१० जेठ,डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाएको स्वास्थ्य सामग्री जिल्ला पुगेको छ । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना संक्रमितको उपचारमा समस्या भएपछि उनले पठाएको स्वास्थ्य सामग्री जिल्ला पुगेको हो ।
सामग्रीमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजरलगायत छन् । केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
उनले भने, “श्यया सरकारी अनुदानमा आएको छ, अन्य सम्पूर्ण स्वास्थ्य सामग्री मन्त्रीज्यूले किनेर पठाएका हुन् ।” जिल्लामा स्वास्थ्य सामग्री तथा श्यया अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भइरहेका बेला मन्त्री आलेले स्वास्थ्य सामग्री पठाएपछि उपचारमा सहज हुने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।
उनले भने, “अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्री नहुँदा उपचारमा समस्या भएको थियो, मन्त्रीज्यूले स्वास्थ्य सामग्रीसहित श्यया उपलब्ध गराएपछि अब उपचार गर्न सहज हुनेछ ।” उनले पठाएका स्वास्थ्य सामग्री कम्तीमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ ।
यसैगरी मन्त्री आलेले सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीका लागि ५० थान भरिएका अक्सिजन सिलिण्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, स्यानिटाइजरलगायत सामग्रीसमेत उपलब्ध गराएका छन् । उनले पठाएका स्वास्थ्य सामग्री जिल्लाका नौवटै स्थानीय तहमा आजै वितरण गरिने कार्यक्रम तय भएको बताइएको छ ।
पछिल्लो समय जिल्लामा अभाव भएका औषधिसमेत मन्त्री आलेको लगानी तथा पहलमा उपलब्ध भएपछि उपचार गर्नमा धेरै सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । मन्त्री आलेले जिल्लामा यसअघि पनि २२ थान अक्सिजनले भरिएका सिलिण्डर प्रदान गरेका थिए भने उनको पहलमा जिल्ला अस्पतालमा अक्सिजन पाइपलाइन तथा प्लान्ट ९कारखाना० स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो ।
यसैगरी कोरोना संक्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु श्यया अभावमा समस्या उत्पन्न भएपछि मन्त्री आलेका पहलमा पुनः अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा पाँच श्ययाकोे एचडियु विस्तार (जडान) का लागि रु ८० लाख बजेट विनियोजित गरेको थियो । जिल्लामा हालसम्म कम्तीमा पनि ६०० कोरोनाका सक्रिय सङ्क्रमित छन् भने कोरोनाले पाँचजनाको ज्यान गइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार