शब्दयात्राले तीन स्रष्टालाई सिर्जना सम्मान दिने
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार २१:२६:१३
१० जेठ,काठमाडौं । शब्दयात्रा प्रकाशनले २०७८ सालको सिर्जना सम्मान अन्वेषक भरत जङ्गम (भक्तपुर) को कृति ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अन्वेषणात्मक पुस्तकका लागि समर्पण गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकमध्ये सर्वोत्कृष्ट पुस्तकलाई समर्पण गरिने यो पुरस्कार २०७७ सालमा प्रकाशन भएका १५ पुस्तकमध्ये पाठक मतका आधारमा जङ्गमको कृति सर्वोत्कृष्ट ठहरिएको हो ।
भीमभक्तमानसिंह बस्नेतको नाउँमा स्थापित यस सम्मानको आर्थिक व्यवस्थापन कल्याण लम्सालले गरेका हुन् । यसैगरी आफ्ना विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनाका साथै आफू आबद्ध शैक्षिक संस्थाको हितमा समर्पित शिक्षक–प्राध्यापकलाई समर्पण गरिने शिक्षक सम्मान २०७८ का लागि पद्मकन्या बहुमुखी क्याम्पसको नेपाली विभागका प्रमुख रहिसकेका प्रा डा नन्दीश अधिकारी (भोजपुर) लाई समर्पण गरिने घोषणा गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । अङ्गुरबाबा जोशीको नाउँमा स्थापित यस सम्मानको आर्थिक व्यवस्थापन निर्मलाकुमारी यगोल श्रेष्ठले गरेकी हुन् ।
कवि नन्दीकेश्वर अधिकारी र उनका साहित्यिक वंशजका विषयमा शोध–अनुसन्धान र प्रसारप्रसार गर्ने व्यक्ति अथवा संस्थालाई समर्पण गरिने शोध सम्मान हरि मञ्जुश्री मोति महोत्सवमा सक्रिय रही उनका विषयमा साढे छ सय पृष्ठको ‘शब्दकलाका नायक’ पुस्तकको संयुक्त सम्पादन गरेकोमा निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)लाई समर्पण गरिने भएको छ । नन्दीकेश्वर अधिकारीको नाउँमा स्थापित यस सम्मानको आर्थिक व्यवस्थापन गीता अधिकारीले गरेकी हुन् ।
प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मानित व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी नाम छनोट गरेर नामावली उपलब्ध गराएका आधारमा घोषणा गरिएको उनले जानकारी दिए । उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वमध्ये तीनजनाको नाम छनोट गरेको हो । बाँकी छजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । दोस्रो चरणमा पनि नौ गरी प्रकाशनले प्रत्येक वर्ष १८ स्रष्टालाई सम्मान गर्ने गरेको छ । सम्मानपत्र, किरिट र रु पाँच हजार राशिसहित सम्मानित गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार