भेन्टिलेटर अभावमा चिकित्सकले दिए कृत्रिम श्वास
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १५:४८:२७
११ जेठ,गलकोट । धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना संक्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी आएपछि अस्पतालका चिकित्सकले बिरामीलाई आठ घण्टा लगाएर पोखरा पु¥याएका छन् ।
भेन्टिलेटर आवश्यक बिरामीलाई भेन्टिलेटर तत्कालैै आवश्यक भए पनि चिकित्सकले बिरामीको अवस्था स्थिर राखी पोखरा पठाएका हुन् । कोरोना संक्रमित बागलुङ नगरपालिका–६ का ५० वर्षीय पुरुषलाई अस्पतालका चिकित्सकले आफैँ खटिएर अम्बो प्याकिङ९मुखबाट कृत्रिम श्वास दिएर०गरी पोखराको भेन्टिलेटरमा पु¥याइएको छ । अस्पतालमा कार्यरत फिजिसियन डा अभिषेक वाग्ले, डा सुनिल सिलवाल र डा प्राग गजुरेललगायतको समूहले बिरामीलाई अम्बो प्याकिङ गरी पोखरा पु¥याएर भर्ना गरेको हो । यसका लागि चिकित्सक रातभर खटिएका थिए ।
धौलागिरि अस्पताल बागलुङमा कार्यरत डा सिलवालका अनुसार आइतबार साँझ अस्पताल आएका संक्रमितलाई तत्कालै भेन्टिलेटर आवश्यक पर्ने भएपनि अस्पतालमा भेन्टिलेटर खाली नरहेका कारण डाक्टरहरु आफैँ बिरामीसँग बसेर सोमबार बिहान मात्रै पोखरा पु¥याइएको हो ।
“यो चिकित्सकहरुको मेहनतका कारण मात्रै सम्भव भएको हो, भेन्टिलेटरको आवश्यकता भएका बिरामीलाई तत्काल भेन्टिलेटरमा राख्न नसकेको अवस्थामा अम्बो प्याकिङ गरी पोखरा लगिएको हो”, डा.सिलवालले भने, “यो निकै बिरलै मात्रमा गरिन्छ र बाँच्ने सम्भावना न्यून भए पनि हामीहरुले बिरामीलाई पोखरा लगेर भेन्टिलेटरमा राख्न सफल भएका छौँ, बिरामीलाई डा.अभिषेक वाग्लेले एम्बुलेन्समा राखेर आफैँ भेन्टिलेटर भएको अस्पताल पु¥याए ।”
भेन्टिलेटरमा तत्कालै राख्नुपर्ने बिरामीलाई आठ घण्टासम्म स्वास्थ्य स्थिर राखी भेन्टिलेटरमा सकुशल पु¥याउने कार्य प्राय असम्भव हुने स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका चिकित्सकको मेहनतका कारण एक संक्रमितको अहिले फिस्टेल अस्पताल पोखराको भेन्टिलेटरमा उपचार भइरहेको छ । तत्कालैै बिरामीलाई भेन्टिलेटरमा राख्दासमेत बचाउन नसकेको अवस्थामा आठ घण्टापछि मात्रै पोखरा लगेर भेन्टिलेटरमा पु¥याएर उपचार गराउनुमा चिकित्सकको ठूलो मेहनत हुने स्वास्थ्यकर्मी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार