खिलराज रेग्मीकै इतिहास दोहोर्याउने हो त ?
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार १७:३३:१३
११ जेठ,कठमाडौंं । हिजो प्रतिनिधिसभाका १४६ जना सांसदले संसद पुनस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेपछि प्रधानमन्त्री केपी ओलीले हिजो राति प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणालाई आफ्नै निवासमा बोलाएकाे खबरले सनसनी मच्चिएकाे छ ।
करिब ११ बजे राति प्रधानन्यायाधीश राणा छिमेकी ओलीको निवास पसे । अनि ओली र राणाबीच छोटो तर सटिक छलफल भयो । करिब २० मिनेटको भेटपछि राणा आफ्नो निवास लागे । यो सूचना बालुवाटारबाटै चुहियो ।
ओली चाहन्छन्–यसपटक चाहिं पुनस्थापना नभइदियोस् । तर प्रधानन्यायधीश राणा एक्लैले यसको जिम्मेवारी वहन गर्न सक्ने अवस्था छैन । तैपनि उनको चाहना भने ओलीको सरकार विस्थापित गरेर पहिला कै नजिर कायम गरी आफ्नो नेतृत्वमा चुनावी सरकार बनोस् भन्ने रहेको छ ।
स्रोतले भन्यो – हिजो यो विषयमा पनि दुबैजनाले कुरा गरेका छन् । आफ्नो सरकार विस्थापित हुने अवस्था आयो भने ओलीले नै राणा नेतृत्वको चुनावी सरकारको प्रस्ताव गर्न सक्ने बुझिएको छ । यसबारे पनि परामर्श भएको थियो–स्रोतले भन्यो । विगतमा खिलराज रेग्मीको नेतृत्वमा पनि यस्तो अभ्यास भएको थियो ।
यो सूचना बालुटारबाटै पाए–पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष डा. बाबुराम भट्टराईले । लगत्तै आज बिहान उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेखे–प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार- हल्ला लोकतन्त्रका लागि शुभसंकेत होइनन् । खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो , त्यो नियम-नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान-लोकतन्त्र मास्ने खेल पूरा नहोस् ।
डा. भट्टराईको यो सार्वजनिक अभिव्यक्ति त्यसै आएको पक्कै होइन । भित्रभित्रै ओली र राणाबीच फेरि केही पाक्दैछ भन्ने आशंका उब्जाएको छ । ओली आफूले नपाए चुनावी सरकार कुनै पनि राजनीतिक शक्तिले नपाओस् भन्नेमै दृढ रहेको बुझिएको छ । त्यसैले अबको राजनीतिले नचिताएको बाटो पनि समात्न सक्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार