शुक्रबार , असार ११, २०७८

प्लेन चार्टर्ड गरेर आकाशमै विवाह

प्लेन चार्टर्ड गरेर आकाशमै विवाह

भारतमा एक जोडीले प्लेन चार्टर्ड गरेर आकाशमै विवाह गरेका छन् । कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न लगाएको प्रतिबन्धलाई छल्न उक्त जोडीले हवाइजहाजमै विवाह गरेका हुन्।

सोमबार उक्त जोडीले एउटा प्लेन चार्टर्ड गरेर आकाशमै विवाह गरेका थिए। विवाहित जोडीका १६० जना आफन्त पनि जहाजमा थिए। अहिले यो विवाहको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। यसका तस्वीर तथा भिडिओ भाइरल भएका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

राकेश र दक्षिणा तमिलनाडुस्थित मडुराईका हुन्। जहाँ कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन बिवाह समारोहमा ५० जनामात्रै भेला हुन अनुमति दिइएको छ। उनीहरूले त्यो नियमलाई छल्न जहाज नै चार्टर्ड गरेर आकाशमा विवाह गरेका हुन्।

स्पाइसजेटको बोइङ ७३७ जहाज मडुराईबाट बैगलुरूका लागि उडेको थियो भने विवाह सकिएपछि उनीहरू सोही जहाजमा पुनस् मडुराईका लागि फर्किएका थिए। विवाह चर्चामा आएपछि भारतीय उड्डयन प्राधिकरणले समेत अनुसन्धान थालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय